कङ्ग्रेसको विरोध प्रदर्शन, प्रधानमन्त्री र मुख्य चुनाउ आयुक्तको पुतला दहन
प्रदर्शन करते कॉन्ग्रेस नेता


बक्सर, 28 सेप्टेम्बर (हि.स.)। निर्वाचन प्रक्रियामा पारदर्शिता एवं निष्पक्षताको माग गर्दै जिल्ला कङ्ग्रेस समितिले सोमवार जिल्ला अध्यक्ष पङ्कज उपाध्यायको नेतृत्वमा प्रदर्शन गऱ्यो।

विरोध प्रदर्शनका क्रममा कङ्ग्रेस कार्यकर्ताहरूले प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको पुतला दहन गरे। प्रदर्शनपछि जिल्ला मेजिस्ट्रेट मार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र पेश गरियो।

ज्ञापन पत्रमा मुख्य निर्वाचन आयुक्तलाई हटाउने प्रक्रिया शुरु गर्न, निर्वाचन प्रक्रियासँग सम्बन्धित आरोपहरूको निष्पक्ष र उच्चस्तरीय अनुसन्धान गर्न अनि निर्वाचन आयोगको कामकाजमा पारदर्शिता सुनिश्चित गर्ने माग गरिएको छ। कङ्ग्रेस नेताहरूले लोकतान्त्रिक व्यवस्थाका लागि निर्वाचन प्रक्रियामा पारदर्शिता र जनताको विश्वास आवश्यक रहेको बताए।

कार्यक्रममा हरिशङ्कर त्रिवेदी, सञ्जय पाण्डे, महिमा शङ्कर उपाध्याय, गणेश पाण्डे, युवा कङ्ग्रेसका राष्ट्रिय संयोजक लक्ष्मण उपाध्याय, महिला कङ्ग्रेस अध्यक्ष निर्मला देवी, राजा तिवारी, मोहित तिवारी सहित ठूलो सङ्ख्यामा कार्यकर्ताहरू उपस्थित थिए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande