अनलाइन ठगी नेटवर्कसित जोड़िएको मामिलामा ईडी जाँच
सोहेल शेख के घर पर तैनात केंद्रीय बल के जवान


मुर्शिदाबाद, 28 सेप्टेम्बर (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) ले सोमवार बिहान जिल्लाको सागरदिघी क्षेत्रमा छापामारी गरेको घटनाले क्षेत्रमा कोकोहोलो मचायो। ईडीको टीमले सागरदिघी थाना क्षेत्र अन्तर्गत काबिलपुर क्षेत्रमा सोहेल शेख नामक युवकको घरमा खोजी अभियान सञ्चालन गऱ्यो। केन्द्रिय बलको सुरक्षाबीच ईडीका अधिकारीहरूले घरभित्र पसेर खानतलासी गरे।

प्राप्त जानकारीअनुसार सोहेल शेखको अनलाइन ठगीको नेटवर्कसँग सम्बन्ध रहेको आरोपको अनुसन्धान गर्ने क्रममा यो कारबाही गरिएको हो। अचानक बिहान ईडीको टीम क्षेत्रमा आएपछि स्थानीय मानिसहरूको घुइँचो लाग्न थाल्यो। तर सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै केन्द्रिय बलले घर वरिपरि मानिसहरूको आवागमनलाई नियन्त्रित गऱ्यो।

भनिन्छ, ईडीका लगभग तीन सदस्यीय टीम केन्द्रिय सुरक्षा बलका जवानहरूको साथमा सोहेल शेखको काबिलपुरस्थित घरमा पुग्यो। टीमले घरको विभिन्न भागमा खोजी शुरु गऱ्यो। खोजीको क्रममा अधिकारीहरूले केही कागज-पत्रहरू र अन्य सामग्रीहरूको पनि जाँच गरे। तथापि छापामारीको क्रममा अहिलेसम्ममा के-के जफत गरियो, यसको आधिकारिक जानकारी आएको छैन।

सूत्र अनुसार अनलाइन ठगीसित सम्बन्धित वित्तीय लेन-देन तथा यसका सम्भावित लिङ्कहरूको जाँच अन्तर्र्गत ईडीले यो कारबाही गरिरहेको छ। जाँच एजेन्सीले सोहेल शेखको ब्याङ्क खाता, लेन-देन र अन्य वित्तीय गतिविधिहरूको पनि जाँच गर्नसक्छ।

ईडीको अनुसन्धान अहिले जारी छ। यस कारबाहीलाई लिएर काबिलपुर सहित सम्पूर्ण सागरदिघी क्षेत्रमा चर्चा चलिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande