
सिलगढ़ी, 28 सेप्टेम्बर (हि.स.)। उत्तर बङ्गाल विश्वविद्यालयमा पछिल्लो साढ़े तीन वर्षदेखिको स्थायी कुलपति नियुक्त नगरिएको मुद्दा फेरि उठेको छ। अखिल भारतीय राष्ट्रिय शैक्षिक महासङ्घले सोमवार विश्वविद्यालयमा स्थायी कुलपति सहित कतिपय महत्त्वपूर्ण प्रशासनिक पदहरू खाली रहेको विरोधमा प्रदर्शन गऱ्यो।
सङ्गठनका कार्यकर्ताहरूले पञ्चानन बर्माको मूर्तिबाट विरोध मार्च शुरु गरे जुन विश्वविद्यालयको नम्बर-2 गेट हुँदै प्रशासनिक भवनमा पुगेर समाप्त भयो। प्रदर्शनकारीहरूले विश्वविद्यालयमा चाँडै स्थायी कुलपति नियुक्त गर्न माग गरे।
सङ्गठनको भनाइ छ, कुलपतिको नियुक्तिको सन्दर्भमा राज्य सरकार एवं कुलाधिपतिसँग छलफल गर्नको साथै ज्ञापन पत्र पनि सुम्पिसकिएकोछ। अब सङ्गठनलाई नयाँ सरकारले यस दिशामा कदम चाल्ने आशा छ।
बताइ अनुसा उतर बङ्गाल विश्वविद्यालयमा कुलपति बाहेक रजिष्ट्रार, वित्त अधिकारी, कन्ट्रोलर र कलेज इन्स्पेक्टर सहित धेरै वटा महत्त्वपूर्ण पद खाली रहेको छ। प्रदर्शनकारीहरूले यी पदहरूमा चाँडै नियुक्ति र विश्वविद्यालयमा प्रशासनिक व्यवस्थालाई सामान्य बनाउने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा