
नगाउँ (असम), 28 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माले सोमवार राहामा आयोजित एउटा चुनावी सभालाई सम्बोधन गर्दै कङ्ग्रेसमाथि कड़ा प्रहार गरे। उनले आरोप लगाए, कङ्ग्रेसले न त हिन्दूलाई न्याय दियो, न मुस्लिमलाई नै न्याय दियो। मुख्यमन्त्रीले भने, यस पटक नगाउँका जनताले कङ्ग्रेसलाई लड्डु र रसगुल्ला खुवाएर सदाको लागि बिदा दिनेछन्।
मुख्यमन्त्रीले काङ्ग्रेस उम्मेद्वार शिवामणि बोरामाथि प्रहार गर्दै आरोप लगाए, विधायक हुँदा उनले निर्वाचन क्षेत्रको लागि कुनै उल्लेखनीय काम गरेनन्। उनले भने, 126 जना विधायकको माझमा शिवामणि बोराको कुनै काम देखिँदैन। मुख्यमन्त्रीले कटाक्ष गर्दै भने, जब विधानसभामै कुनै काम गरेनन् भने उनले लोकसभाका 400-500 सांसदहरूको बीचमा काम गर्लान्।
मुख्यमन्त्रीले दाबी गरे, यदि भाजपा उम्मेद्वारले यस पटक नगाउँमा जित्यो भने असमका सबै 126 विधानसभा सिटहरूबाटै कङ्ग्रेस निमिट्यान्न हुनेछ। उनले यो पनि भने, अल्पसङ्ख्यक समुदायका जनताले भाजपाको नीति अनि विचारधारालाई रूचाएर नै मतदान गर्दै आइरहेका छन्। यसपालि पनि नगाउँमा भाजपाको पक्षमा अल्पसङ्ख्यक मतदाताहरूको समर्थन अझ बढ्नेछ।
मुख्यमन्त्रीले एआईयूडीएफका उम्मेदवार बद्ररूद्दीन अजमलमाथि पनि टिप्पणी गरे। उनले भने, अजमल अब विधायक छन् र उनको उमेर धेरै भइसकेको छ। मुख्यमन्त्रीले उनलाई चुनावी राजनीतिमा सक्रिय हुनुको सट्टा आफ्नो स्वास्थ्यको ख्याल राख्ने सल्लाह दिए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा