दुर्गा पूजा नक्कली पास घोटालाः पूर्व मन्त्री इन्द्रनील सेन जाँचबुझका लागि ईडी समक्ष उपस्थित भए
इंद्रनील सेन


कोलकाता, 30 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालका पूर्व मन्त्री इन्द्रनील सेन बुधबार बिहान सल्ट लेकस्थित सीजीओ कम्प्लेक्स कार्यालयमा प्रवर्तन निदेशालय (इडि) समक्ष उपस्थित भए। जाँच एजेन्सीले गए मङ्गलवार उनका धेरै वटा परिसरहरूमा छापामारी गरेपछि उनलाई नोटिसदिएर बोलाएको थियो।

पूर्वमन्त्रीमाथि दुर्गा पूजा दर्शनको लागि नक्कली पास बेचेर करोडौँ रुपियाँको दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ जसको अनुसन्धान तीव्र भएको छ। इन्द्रनील सेन बिहान 11 बजे ईडीको कार्यालयमा पुगे जहाँ अधिकारीहरूले उनलाई मुद्दासँग सम्बन्धित धेरै प्रश्नहरू सोधे।

यो सम्पूर्ण विवाद दुर्गा पूजाको वरिपरि रचिएको अवैध व्यापारिक नेटवर्कसँग जोड़िएको छ। जयदीप मुखर्जी नामक सिकायकर्ताद्वारा बहु बजार थानामा दर्ता गरिएको प्रारथमिकी र ईडीको प्रारम्भिक अनुसन्धानको आधारमा अनुसन्धानकर्ताहरूले अनुमान लगाएका छन्, नक्कली पास बिक्री गरेर लगभग 50 देखि 60 करोड़ रुपियाँको घोटाला गरिएको छ।

यस सम्पूर्ण धाँधलीमा पूर्व मन्त्री इन्द्रनील सेन बाहेक उनकी पत्नी मधुछन्दा सेन एवं 'मास आर्ट' नामक निजी संस्थालाई पनि मुख्य अभियुक्त बनाइएको छ। जानकारी अनुसार वर्ष 202-1 मा कोलकाताको दुर्गा पूजाले यूनेस्कोबाट प्रतिष्ठित मान्यता पाएको छ महिनाभित्रै यो सङ्गठन स्थापना गरिएको थियो जसमा पूर्व मन्त्रीकी पत्नीको निकट सम्बन्ध रहेको छ।

आरोप छ, यो संस्थाले आम जनतामा भ्रम फैलाउनको लागि अवैध रूपमा यूनेस्कोको नाम प्रयोग गऱ्यो। यसान्तर्गत दुर्गा पूजाको 'प्रीभ्यु शो' एवं 'प्रिभिलेज्ड पूजा एन्ट्री' (विशेष प्रवेश)- को नाममा महँगो टिकट बिक्री गरियो। यस सम्पूर्ण पहलको यसरी भ्रामक प्रचार गरियो जस्तो कि यूनेस्को प्रत्यक्ष रूपमा यस व्यावसायिक गतिविधिको अंशदार हो।

यद्यपि सिकायकर्ताले स्पष्ट पारेको छ, यूनेस्कोले कहिल्यै पनि यस्तो कुनै वाणिज्यिक सम्झौता वा साझेदारीलाई आफ्नो स्वीकृति दिएको थिएन। मानिसहरूलाई भ्रमित पारेर यो ठुूलो रकमअसुल गरियो।

सूत्र अनुसार गए मङ्गलवार भएको लामो छापामारीमा पनि इन्द्रनील सेनसित ईडीका अधिकारीहरूले प्रारम्भिक सोधपुछ गरेका थिए भने घोटालाको विवरण सङ्कलन गर्नकै लागि उनलाई बुधवार एजेन्सी समक्ष उपस्थित हुने कड़ा निर्देशन दिइएको थियो।

-------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande