
कोलकाता, 30 सेप्टेम्बर (हि.स.)। बुधवार पश्चिम बङ्गालको मौसम मिश्रित रहने अनुमान छ। दक्षिण बङ्गालका केही जिल्लाहरूमा आकाश बादलले ढाकिरहनेछ। कतिपय क्षेत्रहरूमा हल्का वर्षा अनि मेघ गर्जनसितै वर्षा हुने सम्भावना छ। उत्तर बङ्गालका जिल्लाहरूमा पनि पानी पर्नसक्छ।
कोलकातामा आज अधिकतम तापमान 33-34 डिग्री र न्यूनतम तापक्रम लगभग 27 डिग्री सेल्सियस रहने सम्भावना छ। शहरमा बादल लाग्नको साथै कतिपय क्षेत्रमा हल्का वर्षा हुनसक्छ।
पूर्व र पश्चिम मेदिनीपुर, झारग्राम, हावडा, हुगली, उत्तर एवं दक्षिण 24 परगनामा पनि छिटपुट ठाउँमा हल्का वर्षा हुने सम्भावना छ। दिघा अनि छेउछाउका तटीय क्षेत्रहरूमा वर्षा सहित आकाशमा बादल लाग्ने सम्भावना छ।
बाँकुड़ा, पुरुलिया, पूर्व एवं पश्चिम बर्धमान, बीरभूम, नादिया तथा मुर्शिदाबादमा मौसम मुख्य रूपमा बादलयुक्त रहनेछ। केही क्षेत्रहरूमा गर्जन सहित हल्का वर्षा हुने अनुमान छ।
उत्तर बङ्गालका दार्जीलिङ, कालेबुङ, जलपाईगुडी, अलिपुरद्वार एवं कुचबिहारमा वर्षा हुने सम्भावना छ। पाहाडी क्षेत्रमा तापक्रम अपेक्षाकृत कम रहनेछ। मालदा, उत्तर एवं दक्षिण दिनाजपुरमा आकाशमा बादल लागिरहने तथा कतिपय स्थानहरूमा वर्षा हुने सम्भावना छ। यद्यपि भिन्न-भिन्न क्षेत्रहरूमा स्थानीय स्तरमा पानी पर्नको साथै बिजुली चम्किने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा