कोकराझारमा 14 वटा गाईवस्तु सहित चार जना पक्राउ
मुख्यमंत्री डॉ हिमंत बिस्व सरमा द्वारा साझा तस्वीर।


गुवाहाटी, 30 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले बुधवार भने, कोकराझार जिल्लामा अवैध रूपमा गाईवस्तुको ओसार-पसारविरुद्ध पुलिसले गए अबेर राती अभियान सञ्चालन गरी 14 वटा गाईवस्तुलाई जफत गर्नको साथै चार जना मानिसहरूलाई हिरासतमा लियो।

मुख्यमन्त्रीले सोशल मिडिया पोस्टमा बताए, गोसाई गाउँ एवं बगरीबाड़ी पुलिसले संयुक्त अभियान सञ्चालन गऱ्यो। प्रारम्भिक अनुसन्धानको क्रममा हिरासतमा लिइएका मानिसहरूले गाईवस्तुसित सम्बन्धित कुनै पनि वैध कागज-पत्रहरू देखाउन सकेनन्। तिनीहरूको यातायातको बारेमा पनि सन्तोषजनक स्पष्टीकरण दिन सकेनन्।

यस मामिलामा कानुनअनुसार थप कारबाही भइरहेको जानकारी गराउँदै मुख्यमन्त्रीले भने, अवैध रूपमा गाईवस्तु ओसार-पसार गर्ने प्रयासविरुद्ध कानुन अन्तर्गत कारबाही जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande