सड़क दुर्घटनामा युवकको मृत्यु
सड़क दुर्घटनामा युवकको मृत्यु


मेदिनीपुर, 05 सेप्टेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको बेलदा थाना अधिनस्क्ष श्यामपुरामा गए शुक्रवार राती भएको मोटरसाइकल दुर्घटनामा 26 वर्षीय युवकको मृत्यु भयो भने मोटरसाइकल सवार अन्य दुई जना युवकहरू गम्भीर रूपमा घाइते भए।

स्थानीय सूत्र अनुसार शुक्रवार राती तीन जना युवकहरू एउटै मोटरसाइकलमा सवार भएर बेलदाबाट आफ्नो घर तर्फ आइरहेका थिए। यसै क्रममा खड़गपुर-बालेश्वर राष्ट्रिय राजमार्ग-16 मा श्यामपुराको छेउमा आइपुगेपछि मोटरसाइकल अचानक अनियन्त्रित भएर सड़क किनारको एउटा फलामको ढाँचासित ठोक्कियो। यस भयानक ठक्करका कारण मोटरसाइकल सवार 26 वर्षीय सुब्रत दासको घटनास्थलमै मृत्यु भयो।

यस दुर्घटनामा मोटरसाइकल सवार अन्य दुई जना युवकहरू गम्भीर रूपमा घाइते भए। सूचना पाएपछि बेलदा थाना पुलिस र राष्ट्रिय राजमार्ग प्राधिकरणका कर्मचारीहरू घटनास्थलमा पुगे। पुलिसले सुब्रत दासको शवलाई कब्जामा लिएर दुवै घाइतेहरूलाई उपचारको निम्ति अस्पतालमा पठाइदियो। पुलिसले दुर्घटनाग्रस्त मोटरसाइकललाई पनि आफ्नो कब्जामा लिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande