
गुवाहाटी, 05 सेप्टेम्बर (हि.स.)। गुवाहाटी महानगर पुलिसले जालुकबाड़ी, पाण्डु, माली गाउँ समेत वरपरका क्षेत्रहरूलाई ड्रग्स मुक्त बनाउने उद्देश्यले बितेको राति व्यापक रूपमा मादक पदार्थ विरोधी अभियान सञ्चालन गरियो।अभियान अवधि महानगर पुलिसले क्षेत्रमा ड्रग्सविरूद्ध कड़ा चेताउनी पनि जारी गऱ्यो। पुलिसले स्पष्ट पाऱ्यो, मादक पदार्थहरूको अवैध व्यापार र सेवन विरोधी कारबाहीलाई तीव्रता दिइनेछ। तथापि यस अभियानमा कसैलाई पनि पक्राउ गरिएन।ड्रग्स विरोधी अभियानलाई अझ प्रभावकारी बनाउनको लागि एन्टी-नारकोटिक्स टास्क फोर्स गठन गरिएको छ भने यसै टास्क फोर्सको माध्यमबाट सारा असमभरि मादक पदार्थ विरोधी व्यापक अभियान सञ्चालन गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा