
बेलदा, 05 सेप्टेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाकेोबेलदा रेलवे स्टेशन निकट गए शुक्रवार राती रेल पटरीको किनारमा अवस्थित एउटा झोपड़ीमा अचानक आगो लाग्यो। ह्वार-ह्वारती बलेको आगोले क्षणभरमै सम्पूर्ण झोपड़ीलाई जलाएर खरानी बनाइदियो। घरमा राखिएका वस्तुहरू तथा अन्य आवश्यक चिजहरू जलेर नष्ट भयो।
जानकारी अनुसार कनाई पण्डित नामक वृद्ध पापड़ विक्रेता आफ्नी पत्नीसित पछिल्लो केही वर्षदेखिको रेलवेको जमीनमा झोपड़ी बनाएर बस्दै आइरहेका छन्। जन्माष्टमीको अवसरमा गए शुक्रवार दुवै नै पापड़ बेच्नका लागि घरबाट बाहिर गएका थिए। यसै अवधि अचानक झोपड़ीमा आगो लाग्यो।
झोपड़ीमा आगो बलिरहेको देखेर स्थानीय युवकहरूले घटनास्थलमा पुगेर आगोलाई निभाउने प्रयास गरे। खबर पाएर कनाई पण्डित र उनकी पत्नी पनि घर फर्किए जहाँ उनीहरूको सबै घर जलिसकेको थियो।
आगोले घर र सामानहरूसँगसँगै वृद्ध दम्पत्तिको टाउको लुकाउने सहारा पनि खोस्यो। अचानक घर जलेर नष्ट भएकोमा दुवै चिन्तित छन्। आगलागीको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा