
शिवसागर (असम), 05 सेप्टेम्बर (हि.स.)। शिवसागर जिल्लाको दिशाङ्ग मजगाउँमा एकजना युवकको शव फेला परेका कारण सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलिएको छ।
पुलिसले बतायो, शनिवार बिहान दिशाङ्ग मजगाउँ क्षेत्रस्थित राष्ट्रिय राजमार्ग- 37 को किनारमा एकजना युवकको शव देखिएको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेको पुलिसको टीमले शवलाई कब्जामा लियो। मृतकको पहिचान 21 वर्षीय अभय हजारिकाको रूपमा गरिएको छ।
शव नजिकै एउटा बाइक (एएस-04एडी-3552) पनि पुलिसले भेटेको छ। शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा