
नयाँ दिल्ली, 05 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले राष्ट्रिय अनुसूचित जाति आयोग (एनसीएससी) का अध्यक्ष किशोर मकवानालाई पत्र लेख्दै पञ्जाबका विभिन्न सरकारी कलेजहरूमा आरक्षित 1,013 लेक्चररहरूको रिक्त पदहरूमाथि बढ्दो विवादको बीचमा उनको तत्काल हस्तक्षेपको माग गरेको छ।
भाजपाको केन्द्रिय मुख्यालयका प्रभारी तथा राज्यसभाका सांसद तरुण चुगले शनिवार पत्रमा शिक्षक दिवसमा देशभरि शिक्षकहरूलाई सम्मान गरिँदै गर्दा पञ्जाबमा एससी र पछौटे वर्गका शिक्षकहरू आफ्नो संवैधानिक अधिकारका लागि विरोध गर्न बाध्य भएको बताएका छन्। उनले यसलाई दुर्भाग्यपूर्ण र लाजमर्दो अवस्था भनेका छन्।
भाजपाका नेताले पञ्जाबको आम आदमी पार्टी सरकारले भर्ती प्रक्रियालाई सम्हालेको तरिकाले अनुसूचित जाति विरोधी र आरक्षण विरोधी मानसिकता प्रतिबिम्बित गरेको आरोप लगाए।
अनुसूचित जाति तथा पछौटे वर्ग शिक्षक सङ्घले खाली रहेका 1013 वटा पदमा चाँडै नियुक्ति गर्न माग गर्दै आएको छ। अनुसूचित जाति र पछौटे वर्ग शिक्षक सङ्घले भर्तीमा निर्धारित 25 प्रतिशत अनुसूचित जाति र 12 प्रतिशत पछौटे वर्गको आरक्षणलाई ठीकसँग कार्यान्वयन नगरेको आरोप लगाएको छ।
चुगले पञ्जाब सरकारबाट भर्ती र सम्बन्धित रेकर्डको सम्पूर्ण आरक्षण रोस्टर मगाउन आयोगसँग माग गरेका छन्। उनले आयोगलाई भर्ती प्रक्रियाको विस्तृत समीक्षा गर्न र योग्य एससी र पछौटे वर्गका उम्मेद्वारहरूले आफ्नो संवैधानिक अधिकार प्राप्त गर्न आवश्यक सुधारात्मक कारबाही गर्न निर्देश दिन आग्रह गरे।
हिन्दुस्थान समाचार / भवानी थामी