फरक्का रेल सेवा बाधित, यात्रीहरूका लागि बसहरूको प्रबन्ध गरियो
फरक्का रेल सेवा बाधित, यात्रीहरूका लागि बसहरूको प्रबन्ध गरियो


सिलगढ़ी, 05 सेप्टेम्बर (हि.स.)। न्यू फरक्काको छेउमा रेलवे ट्र्याकमुनिको माटो धस्किएको कारणले उत्तर बङ्गाल र दक्षिण बङ्गालबीच रेल सेवाहरू प्रभावित भएका छन्। केही रेलहरू रद्द तथा परिचालन बाधित भएपछि यात्रीहरूको समस्या बढ़िरहेको छ। यसबीच निजी बस स़्चालकहरूमाथि मनमानी भाड़ा असुल गरेको आऱोप पनि उठिरहेको छ। यात्रीहरूले दाबी गरेका छन्, केही मार्गहरूमा सामान्य भाड़ाभन्दा 3,000-6,000 रुपियाँ अतिरिक्त रूपमा असुल गरिरहेको छ।

अतिरिक्त भाड़ा असुल गरिरहेको सिकायत आएपछि राज्य सरकारले यात्रीहरूका सुविधाका लागि अतिरिक्त बसहरूलाई सड़कमा उतार्ने तयारी गरेको छ। पर्यटन मन्त्री शङ्कर घोषले भने, यात्रीहरूको आवश्यकता अनुसारै बसहरू उपलब्ध गराइनेछ।

परिवहन विभागका राज्य मन्त्री आनन्दमय बर्मनले पनि भने, निजी बसहरूमा कथित रूपमा लिरहेको अतिरिक्त भड़ामाथि रोक लगाउनको लागि विभागले प्रयास गरिरहेको छ। सरकारको लक्ष्य हो, रेल सेवा बाधित भएका कारणले उत्तर बङ्गाल र दक्षिण बङ्गालका यात्रीहरूलाई कुनै पनि प्रकारको समस्याको सामना गर्न नपरोस्।

सिलगढ़ीको तेञ्जिङ्ग नोर्गे बस स्ट्याण्डमा लगभग 35-40 वटा बसहरूलाई तयार राखिएको छ। यसमध्ये केही बसहरूलाई यात्रीहरूको आवश्यकतालाई मध्यनजर गर्दै प्रस्थान गराइसकिएको छ। आवश्यकता परे अतिरिक्त बसहरूलाई पनि सेवामा खटाइनेछ।

स्थितिको जायजा लिनका लागि पर्यटन एवं संसदीय कार्य मन्त्री शङ्कर घोष, परिवहन विभागका राज्य मन्त्री आनन्दमय बर्मन, सिलगढ़ीका एसडीओ विकास रुहेला सहित प्रशासनका अन्य अधिकारीगण शुक्रवार राती सिलगढ़ी जङ्क्शनमा पुगे। मन्त्रीहरू अनि अधिकारीहरूले स्टेशनमा यात्रीहरूसित बातचित गरी उनीहरूको समस्या बुझे साथै उनीहरूलाई हरसम्भव सहयोग गर्ने भरोसा दिलाए।

शङ्कर घोष र आनन्दमय बर्मनले भने, यात्रीहरूको माग अनुसार बसहरूको सङ्ख्या बढ़ााइनेछ। कोलकाताको लागि 40-45 वटा सरकारी बसहरूलाई तयार राखिएको छ भने आवश्यकता परे सबै बसहरूलाई सेवामा खटाइनेछ। यसमध्ये केही बहसहरू कोलकाता तर्फ प्रस्थान भइसकेका छन्।

यस अवधि दुवै मन्त्रीले तृणमूल कङ्ग्रेसमाथि लक्षित पनि गरे। उनीहरूले दाबी गरे, पछिल्लो सरकारमा यस्तो स्थिति उत्पन्न हुँदा राज्य सरकारको पक्षबाट यस्तो किसिमको तत्परता देखाइँदैनथ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande