नेपालबाट साइकलमा भारत भ्रमणमा हिँड़ेका युवक खड़गपुरमा आइपुगे
नेपालबाट साइकलमा भारत भ्रमणमा हिँड़ेका युवक खड़गपुरमा आइपुगे


खड़गपुर, 05 सेप्टेम्बर (हि.स.)। भारतको विविध संस्कृति, खान-पान, रहन-सहन औ अलग-अलग राज्यहरूका मानिसहरूलाई नजिकबाट जान्ने उद्देश्यले नेपालका दुर्गा पाण्डे नामक युवकले साइकल मार्फत अहिलेसम्ममा भारतका लगभग दश वटा राज्यहरूको भ्रमण गरिसकेका छन्।

दुर्गा पाण्डेले साइकलमा सवार भएर एकपछि अर्को राज्य अनि शहरहरूको यात्रा गरिरहेका छन्। यात्राको क्रममा उनले स्थानीय मानसहरूसित बातचित ग री उनीहरूको रहन-सहन, संस्कृति, परम्परा एवं खान-पानको बारेमा जानकारी लिने गर्दछन्। उनको यो अनौठो साइकल यात्राले स्थानीय मानिसहरूको ध्यान आकर्षित गरिरहेका छन्।

दुर्गा पाण्डे अनुसार भारत एउटा देश मात्र होइन जबकि भिन्न-भिन्न भाषा, संस्कृति, परम्परा तथा धरोहरहरूको सङ्गम हो। भारतको यसै विविधतालाई नजिकबाट बुझ्न तथा महसूस गर्नका लागि उनले साइकलबाट देश भ्रमण गर्ने निर्णय लिए।

शनिवार खड़गपुर पुगेपछि उनले स्थानीय मानिसहरूसित बातचित गर्दै आफ्न लामो यात्रा अनुभव साझा गरे। सीमित संसाधन तथा विभिन्न कठिनाइहरू भए पनि साइकल मार्फत लामो दूरी तय गर्ने उनको यो यात्रा मानिसहरूको लागि आकर्षणको केन्द्र भएको छ।

दुर्गा पाण्डेको अर्को विशेष इच्छा पनि छ। उनी प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गर्न चाहन्छन्। उनले प्रधानमन्त्रीसित आफ्नो भारत यात्राक अनुभव साझा गर्ने इच्छा व्यक्त गरेका छन्।

नेपालबाट शुरू भएको दुर्गा पाण्डेको साइकल यात्रा अहिलेसम्ममा भारतका केही राज्यहरू भएर गुज्रिसकेको छ। खड़गपुर पुगेपछि पनि उनको यात्र जारी छ। आगामी दिनमा साइकलबाट देश तथा अधिक राज्यहरूको भ्रमण गरी भारतको विविधतामा एकतालाई नजिकबाट बुझ्न चाहन्छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande