
कोलकाता, 5 सेप्टेम्बर (हि.स.)। शिक्षक दिवसको अवसरमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यका सरकारी स्कूलहरूको लागि केही महत्वपूर्ण घोषणाहरू गरे। शनिवार न्यू टाउनको कन्भेन्शन हलमा आयोजित ‘विद्यासागर शिक्षा सम्मान’ समारोहमा मुख्यमन्त्रीले केन्द्रको ‘पीएम श्री’ योजना जस्तै राज्यमा पनि ‘सीएम श्री’ योजना शुरू गर्ने घोषणा गरे। यसको साथै उत्तर बङ्गाल र राज्यको पश्चिमी भागमाखेल उत्कृष्टता केन्द्र स्थापना गर्ने घोषणा गरे।
मुख्यमन्त्रीले भने, पछिल्लो केही वर्ष विद्यार्थीको पढ़ाई प्रभावित भएको छ, त्यसलाई फेरि उत्कृष्टताको स्तरसम्म पुऱ्याउनमा शिक्षकहरूको महत्वपूर्ण भूमिका रहनेछ। सरकारले यस दिशामा विशेष रूपमा काम गर्नेछ।
‘सीएम श्री’ योजना अन्तर्गत प्रत्येक जिल्लाबाट दुई वटा स्कूलहरूलाई चयन गरेर ती स्कूलहरूमा आधुनिक शिक्षण पद्धति लागू गर्नको साथै स्मार्ट कक्षा अनि डिजिटल प्रयोगशालाहरू विकसित गरिनेछ। यी विद्यालयहरूमा अत्यन्त गुणस्तरीय शिक्षकहरू नियुक्ति गर्नेमाथि विशेष ध्यान दिइनेछ।
मुख्यमन्त्रीले राज्यमा खेल प्रतिभाहरूलाई प्रोत्साहन गर्नको लागि उत्तर बङ्गाल र पश्चिमाञ्चलमा दुई वटा ‘खेल उत्कृष्टता केन्द्र’ बनाउने घोषणा गरे। यी केन्द्रहरूमास्कूल सेवा आयोगको माध्यमबाट प्रशिक्षक, खेल शिक्षक तथा शारीरिक प्रशिक्षकहरूलाई नियुक्त गरिनेछ। राज्यका विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलहरूमा भाग लिनको लागि उच्च अवसर उपलब्ध गराइनेछ।
उनले भने, विद्यालयहरूमा खो-खो, कबड्डी र फुटबल जस्ता पारम्परिक खेलहरूलाई पुनः प्रेरित गर्न आवश्यक भएको छ। मुख्यमन्त्रीले ब्रतचारी आन्दोलन र त्योसित जोड़िएको खेल एवं शारीरिक गतिविधिहरूलाई पनि विद्यालयहरूमा शसक्त बनाउनेमाथि बल दिए।
कार्यक्रममा मुख्यमन्त्रीले कोलकाताको मित्र इन्स्टीट्यूशनमा एकजना छात्रलाईसर्पले डसेको घटनाको उल्लेख पनि गर्दै भने, विद्यालयले पछिल्लो तीन वर्षदेखिको समग्र अनुदान राशि नपाएको कारणले स्कूलको दैनन्दिन रखरखाउमा पनि समस्या भएको छ।उनको भनाइ थियो, यसै राशिबाट ब्लिचिङ्ग पाउडर र कार्बोलिक एसिड जस्ता आवश्यक सामान खरिद गरिन्छ।
मुख्यमन्त्रीले यस अवसरमा शिक्षक एवं शिक्षाकर्मीहरूको नियुक्तिलाई लिएर पनि आश्वासन दिए। उनले भने, स्कूलको शैक्षणिक प्रणालीलाई मजबुत बनाउनको लागि आवश्यक मानव संसाधन उपलब्ध गराउने दिशामा सरकारले कदम उठाउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा