
जलपाईगुड़ी, 05 सेप्टेम्बर (हि.स.)। डुवर्समा पर्यटनलाई प्रेरित गर्नको साथै वन एवं पर्यावरण संरक्षणाथि विशेष बल दिने सन्देश राज्यका पर्यटन मन्त्री शङ्कर घोषले दिएका छन्। विश्व पर्यटन दिवसलाई केन्द्र गर्दै जलपाईगुड़ीको गोरूमारा राष्ट्रिय उद्यान संलग्न लाटागुड़ीमा शनिवार पर्यटन विभाग अनि पर्यटन उद्योगसित जोड़िएका विभिन्न सङ्गठनहरूद्वारा केही कार्यक्रम आयोजना गरियो।
लाटागुड़ीले आफ्नो प्राकृतिक सुन्दरता, जङ्गल एवं गोरुमारा राष्ट्रिय उद्यानका वन्यजीवहरूको कारणले देशको पर्यटन मानचित्रमा एक महत्वपूर्ण स्थान बनाइसकेको छ। यसै प्राकृतिक सम्पदालाई ध्यानमा राखेर क्षेत्रको पर्यटन उद्योगलाी विस्तार गर्ने दिशामा विभिन्न पहल गरिँदैछ।
कार्यक्रममा राज्यका पर्यटन मन्त्री शङ्कर घोष, जलपाईगुड़ीका सांसद जयन्त राय सहित पर्यटन विभाग र आयोजक सङ्गठनहरूका प्रतिनिधिगण उपस्थित थिए। कार्यक्रमको आरम्भ ‘बङ्गाल बियन्ड बाउण्डरीज’ विषयमा आयोजित परिचर्चाबाट भयो। त्यसपछि 6 किलोमीटर लामो म्याराथन दौड़को आयोजना गरियो जसमा लगभग दुई जना प्रतिभागीहरूले भाग लिएका थिए। पर्यटन मन्त्री सहित अन्य अतिथिहरूले हरियो झण्डा हल्लाएर म्याराथनलाई प्रस्थान गराए। त्यसपछि लाटागुड़ीको सड़कम ‘प्रकृति एवं पर्यावरण बचाऔं’-को सन्देशसितै पदयात्रा निकालियो।
कार्यक्रमको अन्तमा लाटागुड़ी वाटर पार्कको उद्घाटन गरियो। साहसिक पर्यटनलाई प्रोत्साहित गर्ने उद्देश्यले तयार गरिएको यस वाटर पार्कमा पर्यटक बोटिङ्ग, वाटर बबल औ रक क्लाइम्बिङ्ग सहित विभिन्न रोमा़ञ्चक गतिविधिहरूको आनन्द उठाउन सकिन्छ।
यस अवसरमा पर्यटन मन्त्री शङ्कर घोषले भने, राज्य सरकारले पर्यटनलाई विकास गर्नको लागि विभिन्न योजनाहरूमाथि काम गरिरहेको छ। उनले स्पष्ट सन्देश दिए, वन अनि पर्यावरण रक्षालाई प्राथमिकता दिएर नै पर्यटनलाई विस्तार गरिनुपर्छ। प्राकृतिक संसाधनहरूलाई सुरक्षित राख्दै डुवर्सलाई पर्यटनको क्षेत्रमा अझ अगाड़ि बढ़ाउने दिशामा सरकार प्रयासरत छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा