
कोलकाता, 05 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालका राज्यपाल आर. एन. रविले शिक्षक दिवसको अवसरमा सबै गुरूजनहरूलाई नमन गरे। उनले शनिवार सामाजिक माध्यममा पोस्ट गरी महान शिक्षक, दार्शनिक औ पूर्व राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णनको जयन्तीमा उनलाई विनम्र श्रद्धाञ्जली अर्पण गरे।
राज्यपाल आर. एन. रविले भने, जुन गुरुले मनलाई प्रकाशित गर्छन्, चरित्र निर्माण गर्छन् तथा नयाँ पिंड़ीलाई सही दिशा देखाउँछन्, उनीहरूको श्रीचरणमा हार्दिक प्रणाम।
उनले भने, भारतको सनातन ज्ञान परम्परामा गुरु ज्ञान, प्रज्ञा औ मूल्यका प्रमुख श्रोत रहिआएका छन्। गुरूकुल अनि गुरू-शिष्य परम्पराको माध्यमबाट अनेकौं पिंढ़ीहरूलाई विद्या, विवेक, धर्म एवं कर्तव्यको ज्ञान दिइयो। गुरूजनले विद्यार्थीहरूको चिन्तन शक्तिलाई विकसित गर्नका साथै उनीहरूको चरित्र निर्माण गरिदिए अनि जीवनको लक्ष्य र दायित्वप्रति गहिरो बुझाईलाई विकसित गरिदिए।
राज्यपालले भने, वर्तमान शिक्षक समाजले यस कालजयी परम्परालाई गौरवपूर्ण ढङ्गमा अगाड़ि बढ़ाइरहेको छ। शिक्षकहरूले विद्यार्थीहरूमा ज्ञानको जिज्ञासा जगाउँछन्, स्वतन्त्र चिन्तन गर्ने क्षमता विकसित गर्दछन्, उनीहरूमा लुकेको प्रतिभालाई उजागार गरिदिन्छन् तथा उनीहरूलाई निरन्तर श्रेष्ठ बनाउनका लागि प्रेरित गरिरहन्छन्।
उनले भने, शिक्षकले युवा पिँढ़ीलाई ज्ञान, आत्मविश्वास औ नैतिक चरित्रबाट समृद्ध बनाइरहेका छन् ताकि उनीहरूले दृढ़ विश्वासको साथमा भविष्यका चुनौतीहरूको सामना गर्न सकुन्। यही युवाहरूले भारतको पुनरूत्तानको नेतृत्व गर्दै विश्वगुरूको रूपमा भारतको गौरवशाली भविष्य निर्माण गर्ने सङ्कल्पलाई साकार बनाउनेछन्।
राज्यपालले शिक्षक दिवसमा देश अनि समाज निर्माणमा योगदान दिने सबै शिक्षकहरूप्रति सम्मान र कृतज्ञता व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा