
कांकेर, ०७ सेप्टेम्बर (हि.स.)। सोमवार जिल्लाको कोरार पुलिस थाना क्षेत्रमा जाँचका क्रममा स्विफ्ट डिजायर कारबाट 132 लिटरभन्दा बढ़ी अवैध अङ्ग्रेजी रक्सी बोकेका तीन जनालाई पुलिसले आज पक्राउ गरेको छ। पुलिसले अभियुक्तबाट 25 हजार नगद र तीन मोबाइल फोन पनि जफत गरेको छ।
अवैध रक्सी तस्करी भइरहेको केरार पुलिसको सूचनामा कार्य गर्दै पुलिस टोलीले चिल्हाटी चोक मुख्य सड़कलाई घेरा हाल्यो। यसैबीच एउटा सेतो मारुति स्विफ्ट डिजायर कार रोकियो र खोजी गरियो। कार सवार प्रेम कुमार सिन्हा, उमेन्द्र बघेल र रोहित देवाङ्गनबाट सिम्बा एक्स्ट्रा स्ट्रङ बियरका सात वटा कार्टून, जम्मू स्पेशल व्हिस्कीका आठ वटा कार्टन र इम्पेरियल ब्लु अङ्ग्रेजी रक्सीको एउटा कार्टन जफत गरिएको छ।
जफत गरिएको रक्सीको कूल मात्रा लगभग 132.360 लिटर रहेको बताइएको छ। पुलिसले अभियुक्तबाट 25 हजार नगद र 3 वटा मोबाइल फोन पनि जफत गरेको छ। यससँगै रक्सी ढुवानी गर्न प्रयोग भइरहेको कार पनि जफत गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी