पतिले पत्नीको टाउको काटेर फ्रिजमा राखेको आरोप
पत्नी का सर काट कर फ्रिज में डाल पति


गुवाहाटी, 0७ सेप्टेम्बर (हि.स.)। गुवाहाटी महानगरको वशिष्ठ पूर्व क्षेत्रमा एक व्यक्तिले आफ्नी पत्नीको निर्ममतापूर्वक हत्या गरी टाउको काटेर फ्रिजमा राखेको घटना सार्वजनिक भएको छ। घटनाको जानकारी बाहिर आएपछि क्षेत्रमा हलचल मचिएको छ।

पुलिसले सोमबार बताएअनुसार, वशिष्ठ क्षेत्रमा रहेको एउटा घरबाट दुर्गन्ध आइरहेको सूचना पाएपछि पुलिस टोली घटनास्थलमा पुगेको थियो। पुलिस घरभित्र प्रवेश गर्दा ओछ्याननजिक एक महिलाको कुहिएको शव फेला पऱ्यो।

घटनाको जॉंचका क्रममा पुलिसले घरभित्र राखिएको फ्रिजबाट महिलाको काटिएको टाउको फेला गरेको थियो। उक्त टाउको कालो प्लास्टिकको झोलामा बेरेर राखिएको अवस्थामा फेला परेको पुलिसले जनाएको छ।

मृत महिलाको पहिचान रिया तालुकदारका रूपमा भएको छ। घर वरपरका छिमेकीहरूले शनिबार रिया र उनका पति रामानुज तालुकदारबीच चर्को स्वरमा विवाद भएको सुनेको बताएका छन्। शनिबार रामानुजले आफ्नो कपाल पनि फरक शैलीमा काटेको बताइएको छ। घटनापछि आरोपी फरार रहेको र पुलिसले उनको खोजी गरिरहेको छ।

पुलिसले घटनास्थलबाट एउटा दाउ र रक्सीको बोतल पनि बरामद गरेको छ। मृत महिलाका पति लामो समयदेखि लागुऔषध सेवन गर्दै आएको र हालै मात्र पुनर्स्थापना केन्द्र (रिह्याब सेन्टर) बाट घर फर्किएको पुलिसले जनाएको छ।

पुलिसले मृत महिलाको शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि गुवाहाटी मेडिकल कलेज एन्ड अस्पताल पठाएको छ। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरी घटनाको जॉंच अघि बढाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande