बड़ो भदेयागुड़ी र चेङ्मारी-काशीपारामा आरसीसी कल्भर्ट निर्माणका लागि शिलान्यास
बड़ो भदेयागुड़ी एवं चेंगमारी-काशीपारा में आरसीसी कलवर्ट निर्माण का शिलान्यास।


बड़ो भदेयागुड़ी एवं चेंगमारी-काशीपारा में आरसीसी कलवर्ट निर्माण का शिलान्यास।


बड़ो भदेयागुड़ी एवं चेंगमारी-काशीपारा में आरसीसी कलवर्ट निर्माण का शिलान्यास।


कोकराझार (असम), 0८ सेप्टेम्बर (हि.स.)। बड़ो भदेयागुड़ी तथा चेङमारी–काशीपारा गाउँको सड़कमा आरसीसी कल्भर्ट निर्माण कार्यको शिलान्यास फकीराग्राम परिषद् क्षेत्रका पार्षद एजामुल हकले गरेका छन्।

पन्ध्रौँ वित्त आयोग अन्तर्गत २०२५–२६ का लागि प्राप्त बजेटबाट निर्माण कार्य गरिनेछ। कल्भर्ट निर्माणपछि उक्त सड़कमा आवागमन सहज हुनुका साथै स्थानीयवासीको लामो समयदेखिको यातायात सम्बन्धी समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा पार्षद एजामुल हकले क्षेत्रको सम्पर्क व्यवस्था तथा आवश्यक पूर्वाधार विकासका लागि आगामी दिनमा पनि कामलाई निरन्तरता दिने बताए।

कार्यक्रममा फकीराग्राम ब्लक समितिका महासचिव पुलकेश राय सहित स्थानीय ग्रामीण तथा अन्य व्यक्तिहरूको उपस्थिति थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande