
गुवाहाटी, 0८ सेप्टेम्बर (हि.स.)। असममा म्याट्रिक (कक्षा १०) र उच्च माध्यमिक (कक्षा १२) को अन्तिम परीक्षाको समयतालिका पुनः निर्धारण गरिने भएको छ। बाढ़ी तथा जनगणना सम्बन्धी कार्यलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।
असम राज्य विद्यालय शिक्षा बोर्डले जारी गरेको सूचना अनुसार कक्षा १० को नियमित पठनपाठन २२ फरवरी २०२७ सम्म र कक्षा १२ को नियमित पठनपाठन ८ मार्च २०२७ सम्म सञ्चालन हुनेछ। त्यसपछि परीक्षाको संशोधित समयतालिका सार्वजनिक गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी