देशमा लगाइयो 83.39 करोड़ कोरोना रोधी भ्याक्सिन
83.39 करोड़ कोरोना रोधी भ्याक्सिन


नयॉं दिल्ली, 23 सेप्टेम्बर (हि.स.)। देशमा चलिरहेको टीकाकरण अभियान अन्तर्गत कोरोना रोधी टीको अहिलेसम्म 83 करोड़, 39 लाख खुराक दिइएको छ। विहिवार बिहानसम्म गत 24 घण्टामा 71 लाखभन्दा धेरै टीका लगाइएको छ।

केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार राज्य र केन्द्र शासित प्रदेशहरूलाई कोरोना रोधी टीकाको अहिलेसम्म 80 करोड़, 67 लाख खुराक उपलब्ध गराइएको छ। राज्यहरूसित अझै पनि चार करोड़, 29 लाख खुराक उपलब्ध रहेको छ। यसका साथै केन्द्र सरकारले टीकाको थप 64 लाख डोज राज्य र केन्द्र शासित प्रदेशहरूलाई पठाइएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande