एनबीएसटीसीले दुई एसी रकेट र दुई सीएनजी बसको उद्घाटन गऱ्यो
एनबीएसटीसीले दुई एसी रकेट र दुई सीएनजी बसको उद्घाटन गऱ्यो


सिलगढ़ी, 01 अक्टोबर (हि.स.)। उत्तरबंग राष्ट्रिय परिवहन निगम (एनबीएसटीसी) ले मंगलवार सिलगढ़ीमा दुई एसी रकेट र दुई सीएनजी बसहरूको उद्घाटन गऱ्यो। एनबीएसटीसीका चेयरम्यान पार्थ प्रतिम राय, सिलगढ़ीका मेयर गौतम देव र डिप्टी मेयर रन्जन सरकारले सिलगढ़ी तेनजिङ नोर्गे सेन्ट्रल बस टर्मिनलमा बसको उद्घाटन गरे।

जानकारी अनुसार, एसी रकेट बस सिलगढ़ीदेखि कोलकाता र सीएनजी बस सिलगढ़ीदेखि कूचबिहारसम्म कुद्नेछ। एनबीएसटीसीको तर्फबाट बस चालकहरू र खलासीलाई 10-10 हजार रूपियाँ नगदीका साथै बिरूवा र प्रमाण पत्र सुम्पियो। एनबीएसटीसीका चेयरम्यान पार्थ प्रतिम रायले भनेका छन्, पूजा अगाड़ी दुई सीएनजी र दुई एसी रकेट बस शुरू गरिएको छ। छिट्टै नै थप सीएनजी बसहरू अन्य रूटहरूमा पनि चलाइनेछ। आज बस सेवाहरूको उद्घाटनका साथै राम्रो काम गर्ने कर्मचारीहरूलाई पनि सम्मानित गरियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande