नेपालमा बाढ़ीले मर्नेहरूको संख्या 225 पुग्यो, तीन दिनको राष्ट्रिय शोकको घोषणा
नेपालमा बाढ़ीले मर्नेहरूको संख्या 225 पुग्यो, तीन दिनको राष्ट्रिय शोकको घोषणा


काठमाण्डौं, 01 अक्टोबर (हि.स.)। नेपालमा भीषण बाढ़ी र पैह्रोले ज्यानमालको क्षतिको आंकड़ा बढ्दै गइऱहेको छ र अब यो आंकड़ा 225 सम्म पुगेको छ। जसो-जसो बाढ़ी प्रभावित जिल्लाहरूमा सम्पर्क स्थापित गरिन्दैछ, बेपत्ता र मृतकहरूको संख्या पनि बढ्दै गइरहेको छ। गृह मन्त्रालय अनुसार, अहिलेपनि सैकड़ौं मानिसहरू बेपत्ता बताइएका छन्।

यहीबीच प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किनसाथ क्याबिनेटको बैठकमा बाढ़ी र पैह्रोको कारण भएको नोकसानको स्थितिको जायजा लिइयो। सोमवार अबेर साझँ भएको क्याबिनेट बैठकमा देशमा तीन दिनक राष्ट्रिय शोकको घोषणा गरिएको छ। सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले भने, मंगलवारदेखि तीन दिनको निम्ति राष्ट्रिय शोकको घोषणा गरिएको छ। उनले स्पष्ट गरे, राष्ट्रिय शोक भएपनि सार्वजनिक अवकाश दिइनेछैन।

क्याबिनेटको बैठकमा मृतक परिवारहरूलाई आर्थिक सहायता दिने निर्णय पनि लिइएको छ। सरकारका प्रवक्ताले भने, प्रति मृतक परिवारलाई संघीय सरकारको तर्फबाट 2-2 लाख रूपियाँ क्षतिपूर्ति दिने घोषणा गरिएको छ। घाइते भएका मानिसहरूको उपचारको पूरा खर्चा सरकारले बेहोर्ने घोषणा पनि गरिएको छ।

नेपाल सरकारले प्रधानमन्त्री राष्ट्रिय आपदा कोषमा सहायता गर्ने अपील गरेको छ। क्याबिनेटको बैठकमा यस कोषमा 1000 करोड़ रूपियाँ दिइने निर्णय गरिएको छ। सरकारले देश-विदेशका दानदाताहरूसित प्रधानमन्त्री राष्ट्रिय आपदा कोषमा सहयोग गर्ने अपील गरेको छ। यस कोषमा नेपाल सरकारका सबै मन्त्रीहरूको एक महिनाको वेतन दिने निर्णय पनि गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande