कोलकाता, 01 अक्टोबर (हि.स.)। माओवादीहरूसित सम्बन्ध रहेको आरोपमा राष्ट्रिय जाँच एजेन्सी (एनआईए) को नजर दुई महिलामाथि छ। मंगलवार बिहानै एनआईए अधिकारीहरूले पश्चिम बंगाल पुलिसको विशेष टास्क फोर्स (एसटीएफ) को साथ मिलेर उत्तर 24 परगनाको पानिहाटी र आसनसोलमा छापामारी शुरू गरे।
एनआईए सूत्रहरू अनुसार, जुन दुई महिलामाथि माओवादी संगठनहरूसित जोड़िएको आरोप छ, उनीहरूको नाम सुदीप्ता पाल र शिप्रा चक्रवर्ती बताइएको छ। जाँच एजेन्सीले यस आरोपको सत्यताको जाँच गरिरहेको छ।
प्रारम्भिक जानकारी अनुसार, सुदीप्ता र शिप्रा पहिले आसनसोलमा भाड़ाको घरमा बस्थे। पाँच वर्ष अगाड़ी शिप्रा आसनसोलदेखि पानिहाटी गइन्, जुन उत्तर 24 परगना जिल्लाको पल्लिश्री क्षेत्रमा स्थित छ। मंगलवार एनआईए र एसटीएफले त्यहाँ पनि रेड गऱ्यो। खबर लेखिञ्जेलसम्म छापामारीको कारबाही जारी थियो।
यस बाहेक नेताजी नगर, बेरकपुर र सोदपुरमा पनि खोजी अभियान जारी थियो, जुन ठाउँसित यी महिलाहरूको सम्बन्ध रहेको छ। आसनसोलको डिसेरगढ़ क्षेत्रमा पनि खोजी अभियान जारी राखिएको छ। स्थानीय सूत्रहरू अनुसार, सुदीप्ता र शिप्रा सामाजिक कार्यहरूसित जोड़िएका थिए र कोइला खानी श्रमिकहरूको अधिकारहरूको निम्ति आन्दोलन गर्थे। यसका साथै मानवाधिकार सम्बन्धी धेरै मुद्दाहरूमा पनि उनीहरूले आवाज उठाएका थिए। उनीहरू ‘अधिकार’ नामको संगठनसित जोड़िएका थिए र पछि ‘मजदूर अधिकार’ नामको संगठन शुरू गरे। यस अन्तर्गत उनीहरूले कोइला खानी श्रमिकहरूको अधिकारहरूको निम्ति आन्दोलन गर्थे।
सुदीप्ता र शिप्रा छत्तीसगढ़का माओवादीहरूको सम्पर्कमा रहेको आरोप छ। एनआईएले यस नेटवर्कमा उनीहरू बाहेक अरू को-को सामेल रहेको जाँच गरिरहेको छ। स्थानीय मानिसहरूले भने, आसनसोलमा धेरै ठाउँ सुदीप्ता र शिप्रा भाड़ाको घरमा बसेका थिए। यद्यपि, शिप्रा पानिहाटी गएपछि सुदीप्ता डिसेरगढ़ क्षेत्रको एउटा भाड़ाको घरमा बसिरहेकी थिइन्।
मंगलवार बिहान एनआईए अधिकारीहरूले पानिहाटी नगर निगमको वार्ड नम्बर 31 को पल्लिश्री क्षेत्रमा शिप्राको घरमा छापा मारे। धेरै बेरसम्म दैलो ढकढकाएपछि कुनैपनि जवाफ नआउँदा, एनआईए अधिकारीहरूले पर्खाल नाघेर भित्र पसे औं सोधपुछ शुरू गरे। जाँच एजेन्सीले यी महिलाहरूको माओवादीहरूसित कुना प्रकारको सम्पर्क छ र यस नेटवर्कमा अरू को-को सामेल छन्, यसबारे जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी