पुरूलियामा कंग्रेस पार्षद पूर्णिमा कुन्डुको मृत्यो मामिलामा नयाँ खुलासा, पोस्टमर्टम रिपोर्टमा विष दिएको आशंका
पुरूलियामा कंग्रेस पार्षद पूर्णिमा कुन्डुको मृत्यो मामिलामा नयाँ खुलासा, पोस्टमर्टम रिपोर्टमा विष दिएको आशंका


कोलकाता, 18 अक्टोबर (हि.स.)। पश्चिम बंगालको पुरूलिया जिल्लाको झालदा नगरपालिकाकी कंग्रेस पार्षद पूर्णिमा कुन्डुको मृत्युको कारण विष हुनसक्छ। शुक्रवार प्राप्त प्रारम्भिक पोस्टमर्टम रिपोर्ट अनुसार उनको पेटमा विषालु पदार्थ पाइएको छ जुन उनको मृत्युको सम्भावित कारण हुनसक्छ। गत 11 अक्टोबरको राती उनको शवलाई रहस्यम परिस्थितिमा उनको आवासबाट उद्धार गरिएको थियो।उनलाई तत्कालै झालदा स्वास्थ्य केन्द्रमा लगियो जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए।

सूत्र अनुसार प्रारम्भिक पोस्टमर्टम रिपोर्टमा उनको पेटमा विषको उपस्थिति पाइयो, तर यो अहिलेसम्म स्पष्ट भएको छैन कि उनले आत्महत्या गरेकी थिइन् वा कसैले उनको खानामा विष मिसाएर उनको हत्या गरेको हो।

पूर्णिमा कुन्दु कंग्रेसका पूर्व पार्षद स्वर्गीय तपन कुन्डुकी विधवा थी जसको मार्च, 2022- मा अज्ञात आक्रमणकारीहरूले सड़कमै गोली ठोकी हत्या गरिदिएका थिए। पतिको मृत्युपछि पूर्णि कुन्डुले त्यसै वार्डबाट चुनाउ लड़ेर जीत हासिल गरेकी थिइन्। उनको मृत्यु भएको तत्कालैपछि परिवारका सदस्यहरूले विशेष गरेर तपनका भतिजा मिथुन कुन्डुले उनलाई विष दिएर मारेको हुनसक्ने आशंका व्यक्त गरेका थिए। कंग्रेसका जिल्ला अध्यक्ष नेपाल महतोले पनि यसमाथि सन्देह व्यक्त गर्दै भनेका थिए, पूर्णिमा कुन्डुको मृत्यु अस्वाभाविक लाग्छ, किनभने हालका दिनहरूमा उनी गम्भीर रोगद्वारा ग्रस्त थिइनन्।

पुरूलिया जिल्लाका एकजना पुलिस अधिकारीले बताए, मृत पार्षदको परिवारद्वारा दर्ता सिकायतको आधारमा यस मामिलाको विस्तृत जाँच शुरू गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande