पथारकांदीमा दुई पुलिसकर्मीले सड़क दुर्घटनामा गुमाए ज्यान
पथारकांदीमा दुई पुलिसकर्मीले सड़क दुर्घटनामा गुमाए ज्यान


करिमगञ्ज (असम), 18 अक्टोबर (हि.स.)। पथारकांदी बाईपास मार्गमा भएको एक भयानक सड़क दुर्घटनामा दुईजना पुलिसकर्मीको मृत्यु भयो। पुलिसले आज बतायो, यो दुर्घटना त्यसबेला भयो जतिबेला तीव्र गतिको बाइकमा सवार असम पुलिसका दुई जवानको बाइक ट्रकसित ठोक्कियो। दुवैको घटनास्थलमै मृत्यु भयो। मृतकहरूको पहिचान राजीव बर्मन र बुधन बर्मनको रूपमा भएको छ।

मृतकद्वय 15औं असम पुलिस बटालियन (एपीबीएन)- का जवान थिए। बाईपास रोडमा मानिकपारा क्षेत्रमा बलुवा लादिएको ट्रक (एएस- 10- 6464)- लाई अवैध पार्किंगमा राखिएको थियो। ट्रकमा पार्किंग लाइट पनि बलेको थिएन जसले गर्दा गए मध्य राती यो दुर्घटना भयो। बाइक (एएस-01ई-4042) -मा दुवै पुलिसकर्मी सवार थिए। मृतक राजीव बर्मन करिमगञ्जको खिलारबन्द क्षेत्रका बासिन्दा थिए भने बुधन बर्मनको घर दुर्लभछेड़ामा थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande