विलयपछि पनि विस्ताराका यात्रीहरूले पाउने अनुभव जारी रहनेछः एयर इण्डिया
विलयपछि पनि विस्ताराका यात्रीहरूले पाउने अनुभव जारी रहनेछः एयर इण्डिया


नयाँ दिल्ली, 18 अक्टोबर (हि.स.)। टाटाको अगुवाईमा रहेको एयर इण्डियाले शुक्रवार भन्यो, विलयपछि पनि विस्ताराको मार्ग तथा समय सारणीसँगसँगै उड़ान अवधि यात्रीहरूले पाउने अनुभव समानै रहनेछ। एयर इण्डिया र विस्ताराको विलय प्रक्रिया आगामी 12 नोेभेम्बरमा पूरा हुन गइरहेको छ। एयर इण्डियाले ‘एक्से’ पोस्टदमा जारी एक बयानमा स्पष्ट पाऱ्यो, विस्ताराको रूट्स एवं समय सारणईसँगसँग उड़ान अवधि पाइने त्यसको अनुभवलाई आगामी दिन पनि जारी राखिनेछ। विलयपछि विस्ताराका विमानहरूबाट संचालित उड़ानहरू कोड 'एआई2' हुनेछ।

वास्तवमा यी दुई पूर्ण सेवा वाहकहरूको विलय आगामी 12 नोभेम्बरमा पूरा हुनेछ। कम्पनीले भन्यो, विलय क्षितिजमा हुने तथा योसँगसँगै हुने परिवर्तनको साथमा हामी तपाईहरूलाई आश्वस्त पार्न चाहन्छौं कि तपाईहरूको विस्ताराको इन-फ्लाइट अनुभव सिद्धिनेवाला छैन। तपाईहरूले नयाँ कोड AI2XXX अन्तर्गत त्यै विश्वस्तरीय बेड़ा, असाधारण सेवा औ चिर-परिचित अनुहारको आनन्द उठाउन जारी राख्न सक्नुहुनेछ। एक व्यापक नेटवर्क, बढ़ेको लाभ औ अनन्त सम्भावनाहरूको दुनियाँ जसले तपाईहरूलाई प्रतिक्षा गरिरहेको छ। यो विलय प्रक्रिया पूरा भयो भने सिंगापुर एयरलाइन्सको एयर इण्डियामा 25.1 प्रतिशत अंशदारी हुनेछ। विस्तारा टाटा समूह औ सिंगापुर एयरलाइन्सको संयुक्त उद्यम हो। यस विलयपछि एकीकृत एकाईको फ्रीक्वेन्ट फ्लायर कार्यक्रमको माध्यमबाट एयर इण्डियाको विन्टेज 'महाराजा'- लाई यथावत राखिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande