बुशरा बीबीलाई जेलमा विष दिइएको थियो: उमर अयूब खान 
बुशरा बीबीलाई जेलमा विष दिइएको थियो: उमर अयूब खान


इस्लामाबाद, 28 अक्टोबर (हि.स.)। पाकिस्तान तहरीक-ए-इंसाफ (पीटीआई) को केन्द्रिय नेता एवं नेशनल असेम्ब्लीमा विपक्षका नेता उमर अयूब खानले अदियाला जेल (रावलपिन्डी सेण्ट्रल जेल) मा छॅंदा बुशरा बीबीलाई विष दिइएको आरोप लगाएका छन्।

एआरवाई न्यूज च्यानल अनुसार, उमर अयूब खानले आइतवार खैबर पख्तूनख्वा प्रान्तको हजारा डिभिजनको शहर हरिपुरमा जारी बयानमा यस्तो आरोप लगाएका हुन्। उल्लेखनीय छ, इमरान खानकी पत्नी बुशरा बीबीलाई हालैमा जेलबाट रिहा गरिएको छ। पीटीआई नेता उमर अयूब खानले पूर्व प्रथम महिला बुशरा बीबी नौ महिनासम्म हिरासतमा रहेको बताएका छन्। उनी भाग्यवश जीवित रहेको उनले दाबी गरेका छन्।

उनले अझ भने, पीटीआई संस्थापक इमरान खानका दुई बहिनी अलीमा खान र उज्मा खानको साथमा बुशरा बीबीलाई हालैमा रिहा गरिएको छ। यसका लागि सरकारसॅंग कुनै प्रकारको राजनीतिक सम्झौता भएको छैन्। उनले पीटीआई संस्थापक इमरान खानसॅंग अदियाला जेलमा खराब व्यवहार हुने गरेको दाबी गरेका छन्।

पूर्व प्रधानमन्त्री नवाज शरीफ सरह पीटीआई नेताको पनि प्लेटलेट स्तरमा ह्रास देखिएको छ, तर उनले विदेशमा निर्वासन मागेका छैनन्। उनले न्यायिक निष्पक्षताको आशा व्यक्त गरेका छन्। अयूबले मौलाना फजलुर रहमानसॅंग पीटीआई गठबन्धन दोहोराउॅंदै विपक्ष दल चॉंडै वर्तमान सरकार विरुद्ध आन्दोलन शुरू गर्ने घोषणा गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande