लेबनानको राजधानी बेरूतलाई इजराइलले फेरि बनायो निशाना, एयर स्ट्राइकमा 6 को मृत्यु
लेबनानको राजधानी बेरूतलाई इजराइलले फेरि बनायो निशाना, एयर स्ट्राइकमा 6 को मृत्यु


बेरूत, 03 अक्टोबर (हि.स.)। इजराइलले लेबनानको राजधानी बेरूतमा बुधवार एयर स्ट्राइक गरेको छ, जसमा 6 को मृत्यु भएको छ। इजराइल रक्षा बल (आईडीएफ) ले एयर स्ट्राइकको जिम्मेवारी लिँदै अब बेरूतलाई निशाना बनाइरहेको भनेको छ। आईडीएफले दुई दिनअघि मात्र बेरूतको सीमित क्षेत्रमा जमीनी सैन्य अभियान शुरू गरी हिज्बुल्लाहका मुखियाहरूको खोज्नु शुरू गरेको थियो।

ईरानको हमलापछि प्रतिशोधको आगोमा सल्किरहेको इजराइलले एक पल्ट फेरि बेरूतमा एयर स्ट्राइक गरेको छ। दक्षिणी बेरूतमा एकपछि अर्को तीन ठूला विस्फोट भयो। यी हमलाहरूमा छह जनाको मृत्यु भएको खबर छ। लेबनानी अधिकारीहरूको भनाई छ, यो हमला हिज्बुल्लाहसित जोड़िएको एक चिकित्सा सेवा केन्द्रमा भयो।

लेबनान स्वास्थ्य मन्त्रालयको भनाई छ, गत 24 घण्टामा लेबनानमाथि इजराइलको हमलाहरूमा 46 को मृत्यु भएको छ। साथै गत दुई हप्तामा 1,000 भन्दा धेरै मानिस इजराइली हमलाहरूमा मारिएका छन्, जबकि लगभग 10 लाख मानिस विस्थापित भइसकेका छन्।

इजराइलले 28 सेप्टेम्बरमा लेबनानमा हिज्बुल्लाहको हेडक्वार्टरमा हमला गरी भारी विध्वंस मचायो र हिज्बुल्लाह चीफ नसरल्लाहलाई मारेको थियो। नसरल्लाहको मृत्युले रूष्ट ईरानले इजराइलमाथि 200 बेलेस्टिक मिसाइलले अटेक गऱ्यो। ईरानको रेवोल्यूशनरी गार्ड्सले दाबी गऱ्यो कि उसले तेल अवीव नजिक तीन सैन्य ठेगानालाई तारो बनायो। यस हमलापछि इजराइलको प्रधानमन्त्री नेतन्याहूले ईरानलाई यसको भारी मूल्य तिर्नुपर्नेछ भनेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande