काठमाडौं, 10 दिसम्बर (हि.स.)। अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेपाल र चीनबीच हालैमा भएको बेल्ट एण्ड रोड इनिसिएटिव (बीआरआई) को कार्यान्वयन सम्झौताको दस्तावेजलाई सार्वजनिक गर्न माग गरेका छन्।
दुई दिनको नेपाल भ्रमणमा अमेरिकी विदेश मन्त्रालयको दक्षिण एवं मध्य एशिया मामिलाका प्रभारी मन्त्री डोनाल्ड लूले सोमवार सॉंझ काठमाडौंमा पत्रकारहरूसित कुराकानीमा भने, जसरी अमेरिका-नेपालबीच भएको एमसीसी सम्झौताको हरेक दस्तावेज र निवेश सम्बन्धित सबै कुराहरू पारदर्शी ढंगमा सार्वजनिक गरियो, त्यसरी नै चीनसॅंग भएको सम्झौता पनि सार्वजनिक गरिनुपर्छ।
डोनाल्ड लूले भने, नेपालले आफ्नो छिमेकी देशसॅंग कसरी सम्झौता गर्छ, त्यो उसको स्वतन्त्रता हो तर एक छिमेकीसॅंग गरिएको सम्झौताले यदि अन्य छिमेकी देशहरूको सम्बन्धलाई असर गर्छ भने नेपालले आफ्नो निर्णयमाथि पुनर्विचार गर्नुपर्छ।
नेपालको आफ्नो दुई दिवसीय भ्रमणमा राजनीतिक भेटहरूलाई लिएर लूले सत्तापक्षका नेता पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र विपक्षी दलका नेता पुष्प कमल दाहालसॅंग उनको भेट भएको बताए। उनले नेपाललाई शान्ति प्रक्रिया पूरा हुने अन्तिम चरणमा पुगेकोमा अमेरिकाले बधाई दिएको बताए। उनले आपसी सहमतिमा नेपालमा जारी शान्ति प्रक्रियालाई पूरा गरिने विश्वास व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी