घैयाबारी तीन ग्राम पञ्चायतद्वारा फोहोर रिसाईकलको लागि गाडीधुरा पठाउने कार्य सम्पन्न 
Ghayabari


खरसाङ, 30 अक्टाेबर (हि.स.)। खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको विभिन्न स्थानहरूबाट फोहोर मैला संकलन गर्ने कार्य सम्पन्न गरिएको छ। विभिन्न स्थानहरूबाट संकलन गरिएको फोहोर मैलाहरू गाडीधुरा लगेर रिसाईकल गरिने जानकारी प्राप्त भएको छ। फोहोर मैलाहरू संकलन गरेर गाडीधुरामा फोहोर मैला प्रबन्धन अन्तर्गत निर्माण गरिएको रिसाईकलमा लगेर रिसाईकल गरिने बताइएकाे छ।

घैयाबारी ग्राम पञ्चायत तीनको विभिन्न स्थानहरूबाट अब सप्ताहिक रूपमा एकपल्ट फोहोर मैलाहरू संकलन गरेर गाडीधुरामा लगेर रिसाईकल गरिने भएको जानकारी प्राप्त भएको छ। यस अवसरमा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा र उप प्रधान केवल राई, पञ्चायत सदस्यहरू र भीबीडीको सुपर भाइजर धिरेन प्रधान लगायत भीबीडीसीहरू उपस्थित रहेका थिए।

यस विषयमा पञ्चायत प्रधान सुष्मा वाईबा र उप प्रधान केवल राईले सबै ग्रामनवासीहरूलाई जागरुक भएर फोहोर मैलाहरू ग्राम पञ्चायतद्वारा राखिएको क्यारेजमा हालिदिन अनुरोध गरेका छन्। उनीहरूले सबैलाई सचेत गराउँदै विभिन्न गाउँ घरतिर फोहोर मैलाहरू डस्टबिनमा हालिदिन आग्रह गर्दै हप्तामा एकपल्ट गाड़ी आएर रिसाईकलको लागि गाड़ीधुरा लगिने जानकारी गराएका छन्। यसका साथै गाउँ घरमा फोहोर मैलाहरू संकलन गरेर डस्टबिनमा राख्ने कार्य गरिए फोहोर मैलाहरू रिसाईकल हुने अनि गाउँ घर पनि सफा र स्वच्छ रहने बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande