जयपुर, 30 अक्टोबर (हि.स.)। राजस्थानको उपचुनाउको निम्ति सात विधानसभा क्षेत्रमा 69 अभ्यर्थीले चुनाउमा भाग लिनेछन्। यसमा 10 महिला अभ्यर्थी र 59 पुरुष सामेल छन्। बुधवार नामाङ्कन फिर्ता लिने अन्तिम दिन 10 अभ्यर्थीले आफ्नो नामाङ्कन फिर्ता लिए भने पॉंच अभ्यर्थीले अगावै नाम फिर्ता लिइसकेका छन्।
मुख्य निर्वाचन अधिकारी नवीन महाजनले भने, सात विधानसभा क्षेत्रमा उपचुनाउको निम्ति नामाङ्कनको अन्तिम दिन 25 अक्टोबरसम्म कुल 94 अभ्यार्थीले नामाङ्कन भरेको थियो। सोमवार 28 अक्टोबरमा नामाङ्कन पत्र जॉंच अवधि 10 अभ्यर्थीको नामाङ्कन रद्द भयो।
महाजनले भने, दौस र खींवसर विधानसभा क्षेत्रहरूमा सर्वाधिक 12-12 अभ्यर्थी र सलूम्बरमा सबैभन्दा कम 6 अभ्यर्थी मैदानमा छन्। यसरी नै झुंझुनू विधानसभा क्षेत्रमा 11, रामगढ र चौरासीमा 10-10 तथा देवली-उनियारामा 8 अभ्यर्थी चुनाउमा भाग लिइरहेका छन्।
हिन्दुस्थान समाचार / बिशाल