भुसुकको जङ्गलमा युवकको शव भेटियो, दुर्घटनावश मृत्यु भएको हुन सक्ने आशंका
भुसुकको जङ्गलमा युवकको शव भेटियो, दुर्घटनावश मृत्यु भएको हुन सक्ने आशंका


गान्तोक, 27 जनवरी (हि.स.)। गान्तोक जिल्लाको अप्पर चाङथाङ, भुसुकको जङ्गलमा एक युवकको मृत शव फेला परेको छ। मृतकको नाम रोहन बस्नेत बताइएको छ। बस्नेतको मृत्यु खदुवा चलाउने क्रममा दुर्घटनावश आगो लाग्दा अथवा मिसफायरका कारण भएको हुन सक्ने आशंका गरिएको छ।

पुलिसद्वारा आज जारी गरिएको डीएसआरका अनुसार, घटना रानीपुल पुलिस थाना क्षेत्र अन्तर्गत अप्पर चाङथाङ, भुसुकको जङ्गलमा घटेको हो। यस घटनाको सम्बन्धमा मृतकका दाजुले थानामा प्राथमिकी दर्ता गराएका छन्। उनले गोठालाको काम गर्थे।

पुलिसले घटनास्थलमा मृतकको शव अनुहार र टाउकोमा चोटपटक लागेको अवस्थामा फेला पारेको थियो। मृतकको अनुहार र हातहरूमा कोइलाको जस्तो कालो दागहरू लागेका थिए। घटनास्थलबाट फलामको ब्यारलसहित एउटा खदुवा, संदिग्ध गन पाउडर, रमको बोतल आदि सामग्रीहरू पनि भेटिएका छन्।

मृतकका पिताले बताएअनुसार, गत 25 जनवरीका दिन मृतक घरबाट मोबाइल फोन चार्ज गर्न निक्लिएका थिए र त्यसपछि उनी घर फर्किएनन्। पुलिसले शव पोस्टमार्टमको लागि अस्पताल पठाएको छ। प्रारम्भिक जॉंचमा युवकको मृत्यु खदुवामा गोली भर्ने क्रममा दुर्घटनावश आगो लागेर अथवा मिसफायर भएर भएको हुन सक्ने आशंका गरिएको छ। यस घटनाको सम्बन्धमा जॉंच चलिरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande