गाउँलेहरूले मिस टिन 2026 स्मिता तामाङलाई गरे सम्मान
Vidya Bharati


गान्तोक, 27 जनवरी (हि.स.)। हालै ८औँ संस्करणको सिक्किम ग्ल्यामर वर्ल्ड मा मिस टिन सिक्किम 2026 को उपाधि जितेकी स्मिता तामाङलाई मंगलबार उनकाे जन्मगाउँ यालीमा गाउँलेहरूले भव्य तथा उत्साहपूर्ण स्वागत गरे।

गाउँलेहरू तथा याली समाजका सदस्यहरूले उनको उपलब्धिको उत्सव मनाउँदै बधाई तथा शुभकामना व्यक्त गरे। सम्मान र गर्वको प्रतीकस्वरूप समुदायले उनलाई परम्परागत खादा अर्पण गर्दै सानो सम्मान समारोह आयोजना गरियो।

समारोहलाई सम्बोधन गर्दै स्मिता तामाङले गाउँले, समर्थक तथा शुभचिन्तकहरूलाई निरन्तर सहयोग र प्रोत्साहनका लागि धन्यवाद व्यक्त गरिन्। उनले युवाहरूलाई ठूला सपना देख्न र आफ्ना लक्ष्यप्रति प्रतिबद्ध रहन प्रेरित गर्दै, सफलता प्राप्त गर्न समर्पण र दृढ संकल्प आवश्यक हुने बताइन्।

उनका पिता कर्मा तामाङले पनि आफ्नो खुशी र गर्व व्यक्त गर्दै, बालबालिकाका सपना पूरा गर्न अभिभावकको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे।

कार्यक्रममा पञ्चायत सदस्य ढोल कुमारी गुरुङ तथा याली समाजका अध्यक्ष अम्बर तामाङ विशिष्ट अतिथि का रूपमा उपस्थित थिए। उनीहरूले इश्मितालाई बधाई दिँदै स्थानीय समुदायका लागि प्रेरणा र गौरव ल्याएकोमा प्रशंसा गरे।

समारोह परम्परागत अभिवादन, सामुदायिक सहभागिता तथा स्मिताको सफलताले गाउँका अन्य युवा प्रतिभालाई पनि प्रेरित गर्ने आशाका साथ सम्पन्न भयो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande