महिला टी- 20 विश्व कप: सेमिफाइनलमा पुग्ने भारतकाे बाटाे कठिन
महिला टी- 20 विश्व कप: सेमिफाइनलमा पुग्ने भारतकाे बाटाे कठिन


नयाॅं दिल्ली, 7 अक्टाेबर (हि.स.)।भारतले आईसीसी महिला टी 20 मा आफ्नाे अभियानलाई दुबईमा पकिस्तानमाथि छ विकेटले जितकाे साथमा पुनर्जीवित गरेकाे छ। पहिलाे म्याचमा भारत न्यूजील्याण्ड विरूद्ध 52 रनले पराजित भएकाे थियाे। यस जितपछि भारतलाई ग्रुप ए मा आफ्नाे पहिलाे अङ्क प्राप्त भयाे भने पाकिस्तानले श्रीलंकालाई हराएर आफ्नाे खाता खाेलिसकेकाे थियाे। ग्रुप स्टेजमा दुई म्याच बाचेकाे छ भने अब भारतले सेमिफाइनलमा ठाउॅं पक्का गर्नु हाे भने दुवै म्याच जित्नु पर्नेछ। प्रत्येक ग्रुपबाट केवल शीर्ष दुई टीम अगाडि बढ्नेछ र भारत अधिकतम छ अङ्कसम्म मात्र पुग्न सक्छ। यस्ताे स्थितिमा यदि न्यूजील्याण्डले अस्ट्रेलियालाई पराजित गर्छ भने भारतलाई क्वालीफाई गर्न छ अङ्क पर्याप्त हुनेछ, तर पाकिस्तानले आफ्नाे रहल खेलहरू मध्ये केवल एउटा म्याच जितेकाे हुनुपर्ने छ। यदि पाकिस्तान र भारतले आफ्ना रहल सबै म्याचमा जित हासिल गर्छन् र न्यूजील्याण्डले अस्ट्रेलियालाई पराजित गर्छ भने छ अङ्ककाे तीन तर्फे टाई हुनेछ, जसलाई नेट रन रेटकाे माध्यमद्वारा हल गरिने छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande