इसरोको सेटेलाइट जीसेट-एन2 को सफल प्रक्षेपण, जितेन्द्र सिंहले टीमलाई दिए बधाई
इसरोको सेटेलाइट जीसेट-एन2 को सफल प्रक्षेपण


नयॉं दिल्ली, 19 नोभेम्बर (हि.स.)। एलन मस्कको कम्पनी स्पेसएक्सले भारतीय अन्तरिक्ष एजेन्सी इसरोको सेटेलाइट जीसैट-एन2 लाई सफलतापूर्वक पृथ्वीको कक्षामा पुऱ्याएको छ। स्पेसएक्सको राकेट फाल्कन 9 ले फ्लोरिडाको कानावेरल स्पेश स्टेशनबाट भारतीय सेटेलाइट लञ्च गरेको थियो। इसरोको यस उपलब्धीमा केन्द्रिय मन्त्री जितेन्द्र सिंहले सम्पूर्ण टीमलाई बधाई दिएका छन्।

केन्द्रिय मन्त्री सिंहले आज जीसेट-एन2 प्रक्षेपणको भिडियो जारी गर्दै जीसेट-एन2 को सफल प्रक्षेपणको निम्ति टीम इसरो र स्पेसएक्सलाई बधाई दिए। उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा इसरो र स्पेसएक्सबीच सहयोगको उद्देश्य 14 सालको मिशन जीवनकालका साथै सुदूरका क्षेत्रहरूसॅंगै इन-फ्लाइट कनेक्टिविटीसहित इन्टरनेट सेवाहरूलाई बढाउनु रहेको छ।

यो लाभ हुनेछ

जीसेट-एन2 सेटेलाइटबाट देशमा ब्रडब्याण्ड सेवाहरू अझ राम्रो हुनेछ। यसका साथै इन-फ्लााइट कनेक्टिविटीसहित इन्टरनेट सेवाहरू राम्रो हुनेछ। पहिलोपल्ट इसरोले आफ्नो सेटेलाइटलाई अन्तरिक्षमा लञ्च गर्नका लागि स्पेसएक्सको सुविधा लिएको छ।

उल्लेखनीय छ, इसरोले 4700 किलोग्राम वजनको जीसेट-एन2 को निर्माण गरेको हो। यसको मिशन जीवन 14 वर्ष हो। यो विशुद्ध रूपमा व्यावसायिक प्रक्षेपण हो। यसको सञ्चालन एनएसआईएलले गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande