सोमनाथ मन्दिरमाथि पहिलो आक्रमणको १००० वर्ष पूरा, प्रधानमन्त्री मोदीले अर्पण गरे श्रद्धाञ्जली
pm modi


नयाँ दिल्ली, ०५ जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार सन् १०२६ मा सोमनाथ मन्दिरमाथि भएको पहिलो आक्रमणको १००० वर्ष पूरा भएको अवसरमा विशेष लेख साझा गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शताब्दीयौँसम्म बारम्बार आक्रमण सहनुपरे पनि सोमनाथ आज पनि भारतको अदम्य सांस्कृतिक चेतना र साहसको जीवित प्रतीकका रूपमा अडिग उभिएको बताएका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा विभिन्न पोस्टमार्फत लेखेका छन्, सन् २०२६ त्यो वर्ष हो, जब सोमनाथमाथि भएको पहिलो आक्रमणले १००० वर्ष पूरा गर्नेछ। त्यसपछि पनि धेरै आक्रमणहरू भए, तर सोमनाथ आज पनि गर्वका साथ उभिएको छ। यो कथा केवल एक मन्दिरको मात्र नभई भारत माताको संस्कृति र सभ्यताको रक्षा गर्न समर्पित असंख्य सन्तानहरूको अटूट साहसको कथा हो।

प्रधानमन्त्रीले यस अवसरमा एक विशेष लेख पनि साझा गरेका छन्। उक्त लेखमा उनले सोमनाथको ऐतिहासिक संघर्ष, पुनर्निर्माण र सांस्कृतिक पुनर्जागरणलाई विकसित भारतको संकल्पसँग जोडेर प्रस्तुत गरेका छन्। उनले भनेका छन्, सोमनाथको सहस्राब्दी यात्राले आस्था, एकता र सांस्कृतिक जराहरूको शक्ति कुनै पनि विपत्तिभन्दा ठूलो हुने शिक्षा दिन्छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्ला वर्षहरूमा सोमनाथ पुनर्विकास परियोजनासँग सम्बन्धित आफ्ना प्रयासहरूको पनि स्मरण गर्दै यसलाई राष्ट्रिय धरोहर संरक्षणको दिशामा निरन्तर प्रेरणाको स्रोत बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande