नागपुर, 20 नोभेम्बर (हि.स.)। महाराष्ट्रमा आज लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव मनाइॅंदैछ। राज्यका सबै विधानसभा क्षेत्रहरूमा चुनाउ भइरहेको छ। राष्ट्रिय स्वयंसेवक संघका सर संघचालक डा. मोहन भागवतले आज बिहान 7 बजी नागपुरको महलस्थित भाऊजी दफ्तरी स्कूलको बूथमा मतदान गरे।
महाराष्ट्र विधानसभाका सबै 288 विधानसभा सीटमा आज एक चरणमा मतदान भइरहेको छ। सचिन तेन्दुलकरले परिवारको साथमा मुम्बईको मतदान केन्द्रमा मतदान गरे। उनले मानिसहरूलाई घरबाट बाहिर निक्लिएर आउन र मतदानको जिम्मेवारी पूरा गर्न अपील गरे। अभिनेता अक्षय कुमार र राजकुमार रावले पनि मतदान गरेर यस पर्वमा भाग लिए।
हिन्दुस्थान समाचार / भवानी थामी