कोलकाता, 08 जुलाई (हि.स.)। मुख्यमन्त्री ममता ब्यानर्जीले असमको फरेनर्स ट्राब्यूनलद्वारा कूचबिहार निवासी उत्तम कुमार ब्रजवासीलाई पठाइएको एनआरसी नोटिसमा तीखो प्रतिक्रिया व्यक्त गरेकी छन्। उनले यसलाई लोकतन्त्रमाथि सुनियोजित हमला ठहर गर्दै भाजपामाथि गम्भीर आरोप लगाएकी छन्।
ममता ब्यानर्जीले भनिन्, कूचबिहारको दिनहाटा क्षेत्र निवासी उत्तम कुमार ब्रजवासी गत 50 वर्षदेखि बंगालमा बसिरहेका छन्, उनलाई असमको एनआरसी ट्राब्यूनलबाट विदेशी/अवैध प्रवासी रहेको शंकामा नोटिस पठाइएको छ। उनले आरोप लगाइन्, उत्तम कुमारसित सबै वैध पहिचान-पत्र भएपनि उनलाई प्रताड़ित गरिँदैछ, जुन पूर्ण रूपमा असंवैधानिक र अमानवीय हो।
मंगलवार आफ्नो एक्स पोस्टमा मुख्यमन्त्रीले स्पष्ट शब्दहरूमा भनेकी छन्, यो एक्लो घटना नभएर भाजपाद्वाका बंगालमा एनआरसी थोप्ने सुनियोजित रणनीतिको हिस्सा हो। ममताले यसलाई अन्तिम पंक्तिमा खड़ा समुदायहरूलाई डराउने र उनीहरूलाई भोटको अधिकारदेखि वञ्चित गर्ने सुनियोजित प्रयास बताइन्।
मुख्यमन्त्रीले सबै विपक्षी दलहरूसित यस मुद्दामा एकजुट हुने अपील गर्दै भनिन्, यस विरूद्ध सबै लोकतान्त्रिक शक्तिहरूले एकसाथ आएर लड्नुपर्नेछ। यदि भारतीय संविधानलाई तोड्ने प्रय़ास गरियो भने बंगाल कहिलेपनि मौन बस्नेछैन।
हिन्दुस्थान समाचार / भवानी थामी