नयाँ दिल्ली, 08 जुलाई (हि.स.)। कोलकाता ल छात्रा सामूहिक दुष्कर्म मामिलाको जाँचको निम्ति भारतीय जनता पार्टी (भाजपा) द्वारा गठित चार सदस्यीय तथ्यान्वेषी दलले पार्टी अध्यक्ष जेपी नड्डालाई आफ्नो रिपोर्ट सुम्प्यो। मंगवलार नड्डाको आवासमा तथ्यान्वेषी दलका सदस्यहरूले आफ्नो रिपोर्ट सुम्पे। यस तथ्यान्वेषी समितिमा पूर्व केन्द्रिय मन्रीरि र पूर्व पुलिस अधिकारी सत्यपाल सिंह, पूर्व केन्द्रिय मन्त्री मीनाक्षी लेखी, लोकसभा सदस्य बिप्लब कुमार देब, राज्यसभा सदस्य मनन कुमार मिश्रा सामेल छन्।
मंगलवार जेपी नड्डाले ट्वीट गरी भनेका छन्, कोलकातामा विधि छात्राको साथ भएको जघन्य अपराधको जाँचको निम्ति गठित भाजपा तथ्यान्वेषी दलको रिपोर्ट प्राप्त भयो। यो रिपोर्ट पश्चिम बंगालमा अराजकताको चरम स्थिति र महिला सुरक्षाप्रति राज्य सरकारको चिन्ताजनक असंवेदनशीलतालाई उजागर गर्दछ। संदेशखालीदेखि लिएर आरजी कर अस्पताल र अब यो, प्याटर्न त्यही हो, जसमा मौनता, निष्क्रियता र आरोपीहरूलाई संरक्षण दिइँदैछ।
उल्लेख्य, कोलकाताको एक ल कलेजमा 24 वर्षीय छात्राको साथ कथित रूपमा बलात्कारको घटनाको दुई दिनपछि केन्द्रिय स्तरमा भाजपाले मामिलाको जाँचको निम्ति चार सदस्यीय तथ्य-खोज समितिको गठन गरेको थियो। समितिको घोषणा गर्दै केन्द्रिय मन्त्री एवं भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले घटनाको निन्दा गरेका थिए औं पश्चिम बंगालमा कानून-व्यवस्थाको स्थितिमाथि चिन्ता व्यक्त गरेका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी