गुवाहाटी, 24 नोभेम्बर (हि.स.)। असम विधानसभा चुनाउमा सत्तारूढ एनडीए गठबन्धनलाई प्राप्त सबै पॉंच सीटलाई लिएर मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, राज्यका जनताले भाजपा गठबन्धनलाई पुरस्कार दिएको छ। उनले आइतवार भने, सामान्यत: सत्तारूढ पार्टीप्रति मानिसहरूको असन्तोष रहने गर्दछ। 10 वर्षसम्म शासनमा रहेको पार्टीले उपचुनाउमा सबै सीट जित्नु कठिन पर्दछ। तर, सबै सीटका साथै थप एक सीट पार्टीलाई पुरस्कार दिएको छ।
मुख्यमन्त्रीले भने, 25 वर्षसम्म कांग्रेसको कब्जा रहेको सामागुरी सीट र 65 प्रतिशतभन्दा धेरै अल्पसंख्यक मतदाता रहेको सीटमा पनि सत्तारूढ पार्टीको उम्मेदवारले जित हासिल गरेको छ। यसले वर्तमान शासनप्रति मानिसहरू सन्तुष्ट छन् भन्ने स्पष्ट हुन्छ।
उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको सबका साथ, सबका विकासको नारामाथि मानिसहरूले फेरि विश्वास गरेका छन्। उनले यस जितको निम्ति एनडीए र भाजपाका नेताहरूका साथै यी विधानसभा क्षेत्रका जनतालाई पनि शुभकामना दिएका छन्।
हिन्दुस्थान समाचार / बिशाल