नर्थ इस्ट युनाइटेड एफसी बन्यो राज्यपाल स्वर्ण कप विजेता
नर्थ इस्ट युनाइटेड एफसी बन्यो राज्यपाल स्वर्ण कप विजेता


गान्तोक, 24 नोभेम्बर (हि.स.)। नर्थ इस्ट युनाइटेड एफसी अखिल भारतीय ४०औँ राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता २०२४ को विजेता बनेको छ। गान्तोकको पाल्जोर स्टेडियममा आयोजित आज खेलिएको फाइनल खेलमा नर्थ इस्ट युनाइटेड एफसीले प्रतिद्वन्दी गान्तोक हिमालय एससीलाई पराजित गरेर प्रतिष्ठित उपाधि आफ्नो नाम गरेको हो।

आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथिको रूपमा उपस्थित थिए। यसैगरी, मुख्यमन्त्री प्रेमसिंह तामाङ, मुख्यमन्त्रीकी धर्मपत्नि कृष्ण कुमारी राई, राज्य मन्त्रीमण्डलका सदस्यहरू, विधायकहरू, आय़ोजक सिक्किम फुटबल संघका पदाधिकारीहरू, विभिन्न विभागीय अधिकारीहरू लगायत भारी संख्यामा खेलप्रेमी दर्शकहरूको उपस्थिति रहेको थियो।

गान्तोक हिमालयन एससी र नर्थ इस्ट युनाइटेडबीच उपाधिको निम्ति भएको भिडन्तमा विजेता दलले प्रतिद्वन्दी दललाई पेनल्टी सुटआउटमा 3 को विरूद्व 4 गोलले परास्त गऱ्यो। हजारौंका संख्यामा दर्शकहरूको उपस्थितिमा सम्पन्न भएको फाइनल खेल रोमाञ्चक रह्यो। निर्धारित समय 90 मिनटसम्म पनि कुनै परिणाम नआएपछि अन्ततः खेल टाई ब्रेकरमा परिणत भएको थियो, जसमा नर्थ इस्ट युनाईटेड एफसी विजयी बन्यो।

विजेता र उपविजेता दललाई अतिथिहरूको बाहुलीद्वारा पारितोषिक प्रदान गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande