सांसद सुब्बाले सिक्किमका जनताको प्रतिनिधित्व गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याए
लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा


गान्तोक, 24 नोभेम्बर (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा सोमवार, 25 नोभेम्बरदेखि शुरू भइरहेको संसदको शीतकालीन सत्रमा भाग लिन हाल दिल्लीमा रहेका छन्। सांसद सुब्बा आज एसकेएम पार्टीलाई प्रतिनिधित्व गर्दै लोकसभा र राज्यसभामा राजनीतिक दलका नेताहरूको बैठकमा सहभागी बने। बैठकको अध्यक्षता केन्द्रिय रक्षा मन्त्री राजनाथ सिंहले गरेका थिए भने केन्द्रिय संसदीय मामिला मन्त्री किरेर रिजिजु विशेष रूपमा उपस्थित थिए।

सांसद सुब्बाले आज जारी एक विज्ञप्तिमा यस वर्षको शुरुमा आफ्नो चुनावी अभियानका क्रममा उठाएका मुद्दाहरूलाई पूरा गर्ने दिशामा काम गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्। उनले संसद सत्रमा सिक्किमको एक प्रतिनिधिको रूपमा राज्यका मुख्य मुद्दाहरू र सरोकारहरू उठाउने बताएका छन्। यस वर्षको शुरुमा मनसुन र बजेट सत्रमा उनका प्रश्नहरूको जवाफमा केन्द्रिय नेताहरू र मन्त्रालयहरूले दिएका आश्वासनहरूको बारेमा सोधपुछ गर्ने योजना बनाएको पनि जानकारी गराएका छन्।

सांसद सुब्बाले मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा सिक्किमको संसाधन र सहायतामा उचित हिस्साको निम्ति वकालत गर्ने दृढ़ संकल्प व्यक्त गरेका छन्। उनले सिक्किमका जनताको प्रतिनिधित्व गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande