काकद्वीप, 24 नोभेम्बर (हि.स.)। दक्षिण 24 परगना जिल्ला अन्तर्गत काकद्वीप स्टेशन छेउबाट आइतवार दुई विद्यार्थीको शव भेटेपछि हलचल मचिएको छ। उनी दुवै कक्षा 12 श्रेणीका छात्रा थिए। उनीहरूको नाम सुष्मिता दास र सोमा जाना बताइएको छ। उनी दुवै सुन्दरबन आदर्श विद्या मन्दिरका छात्रा थिए।
परिजन अनुसार, शनिवार दिउॅंसो उनीहरू ट्यूशन पढ्न भनेर घरबाट निक्लिएका थिए। राति उनीहरू घर फर्किएनन्। यसपछि, परिवार पक्षले हारूड पोइन्ट कोस्टल थानामा शिकायत दर्ता गराए। आइतवार दिउॅंसो उनीहरूको शव काशीनगर र माधवनगर रेलवे स्टेशन छेउ रेलवे लाइनमा भेटियो।
सुष्मिता दासको परिवारले उनीहरूको युनियोजित हत्या गरिएको दाबी गरेका छन्। उनीहरूले हत्यापछि साक्ष्य मेटाउन शव रेलवे लाइन छेउ फ्याकेको आरोप लगाएका छन्। परिवारले घटनाको त्वरित जॉंचको माग गरेका छन्। सुन्दरबन जिल्ला पुलिसले शवहरू पोस्टमार्टमको निम्ति पठाको छ।
अर्कोतिर, पुलिसले घटनामा सामेल रहेको आशंकामा तीन जनालाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / बिशाल