पटना/नयाँ दिल्ली, 29 नोभेम्बर (हि.स.)। केन्द्रिय वित्त एवं कर्पोरट मामिलाकी मन्त्री निर्मला सीतारमणले शुक्रवार बिहारको राजधानी पटनास्थित होटल ताजमा पूर्वी क्षेत्रका क्षेत्रीय ग्रामीण ब्यांक (आरआरबी)- हरूको समीक्षा गरिन्। उनी अहिलेघरि बिहारको दुई दिवसीय आधिकारिक भ्रमणमा छन्। सीतारमणको पटना अनि दरभंंगामा धेरैवटा कार्यक्रमहरू रहेका छन्।
केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणको अध्यमक्षतामा सम्पन्न उ्क्त बैठकमा बिहारका उप-मुख्यमन्त्री सम्राट चौधरी, वित्तीय सेवा विभाग (डीएफएस)- का सचिव एम. नागराजू, क्षेत्रीय ग्रामीण ब्याकहरूका अध्यक्ष औ डीएफएसका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
यसपूर्व वित्तमन्त्री निर्मला सीतारमणले पटनामा बिहारका उपमुख्यमन्त्री विज कुमार सिन्हासित केही मुद्दाहरूमा बातचित गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा