खरसाङको मकैबारी चियाबारी अन्तर्गत कैलापानी जाने सडक अझै जीर्णावस्थामा 
खरसाङको मकैबारी चियाबारी अन्तर्गत कैलापानी जाने सडक अझै जीर्णावस्थामा


खरसाङ, 29 नोभेम्बर (हि.स.)। खरसाङ खण्ड अन्तर्गत मकैबारी चिया बगानको कैलापानी जाने सडकको अवस्था अझैं पनि जीर्णावस्थामा रहेको छ। आजसम्म पनि यस सडकको मरमत्ति हुने अत्तोपत्तो छैन्। सडक जीर्ण बनेकाले स्थानीय मानिसहरूलाई धेरै असुविधा भइरहेको छ।

2015-16 सालतिर नै निर्माण भइसक्नु पर्ने सडकको अवस्था जीर्ण बनेपछि स्थानीय ग्रामवासीले आक्रोश पनि व्यक्त गरेका छन्। पंखाबारी रोडको माने क्षेत्रदेखि जाने सडकले यहाँको कोदोबारी, फूलबारी, चेप्टे, गन्ती डाँडा, कैलापानी आदि गाउँहरूलाई जोड्दछ। तर विगत केही वर्षदेखि सडकको अवस्था अत्यन्तै जीर्ण भएकोले यी गाउँका मानिसहरूलाई धेरै असुविधामा पारेको छ।

सडक हाल बगरमा परिणत भएको छ। अधिकांश ठाउँमा अलकत्रा उप्किएर ठूल्ठूला खाडल अनि सडक बीचमा नाली बनेका छन्। कतै बर्खाको पानी पसेर पैह्रो गएका छन् त कतै गिटी र ढुङ्गा निस्किर हिँड्नै असुविधा हुने भएको छ। सडकको यस्तो अवस्थाबारे सम्बन्धित विभाग अनि विभिन्न राजनीतिक दलको पटक पटक ध्यान आर्कषण नगराएकाएको पनि होइनन् गाउँलेहरूले। तर आजसम्म सडक मरमत्तिको निम्ति कतैबाट पहल नभएपछि अब ग्रामवासीहरू प्रतिवाद गर्न सडकमा नै उत्रन बाध्य हुने देखिएको छ।

आईआरडीएफमार्फत बनिएको यस सडकले आजसम्म एकैपटक पनि मरमत्ति देखेको छैन। स्थानीय चालक तथा ग्रामवासी अनुसार यदि बर्खा अघि सडक मरमत्ति नगरिए यसपल्ट बर्खाको समयमा यस सडक भएर गाडी कुदाउन धेरै मुस्किल पर्नेछ। यस्तो बाटोबाट गाडी कुदाउँदा गाडीहरू भत्किने गरेको र धेरै नोक्सान भएको पनि चालकहरूले बताएका छन्।

गाउँलेहरूले सम्बन्धित विभाग तथा राजनीतिक दलहरूसँग आग्रह गर्दै यथाशीघ्र सडक मरमत्तिबगरिदिइयोस भनी जनाएका छन्। विशेष गरी सडकको यस्तो अवस्थाले बिरामी अनि विद्यार्थीहरू तथा वृद्ध वृद्धाहरूलाई धेरै असुविधा हुने गरेको गाउँलेहरूले जनाएका छन्। सडक निर्माण सम्बन्धमा वर्तमान दार्जीलिङका सांसद राजु विष्टले पनि पञ्चायत चुनाउ अवधि यस क्षेत्रको भ्रमणमा आउँदा आफ्नो प्रतिश्रुति दिँदै सडक निर्माण गर्ने वचन दिएका थिए।

पञ्चायत चुनाउमा यस वार्डबाट भाजपा समर्थित गठबन्धन दलले जितेका पनि थियो। तर चुनाउ सकिएको यतिका वर्षसम्म पनि सडकको अवस्था जस्ताको त्यस्तै भएकोले गाउँवासीले सांसद राजु विष्टको पनि ध्यान आर्कषण गराउँदै उनले दिएको वचन पूरा गर्ने आग्रह गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande