नयॉं पुलिसकर्मीहरूको स्थानान्तरणमा हस्तक्षेप नगर्न मुख्यमन्त्रीको अपील
नयॉं पुलिसकर्मीहरूको स्थानान्तरणमा हस्तक्षेप नगर्न मुख्यमन्त्रीको अपील


इम्फाल, 26 दिसम्बर (हि.स.)। मणिपुरका मुख्यमन्त्री एन. बीरेन सिंहले नयॉं भर्ती भएका पुलिसकर्मीहरूका परिवारहरूलाई पुलिस कर्मीहरूको स्थानान्तरण र पदस्थापनामा हस्तक्षेप नगर्न अपील गरेका छन्।

मुख्यमन्त्रीले भने, युवाहरू र नयॉं भर्ती कर्मीहरूलाई सरकारको ट्रान्सफर पोस्टिङ नीतिमा निर्धारित मानदण्डहरूमा राज्य र देशको सेवा गर्न अवसर दिनुपर्छ। पुलिस विभागले अखण्डता र पारदर्शितालाई कायम राख्नु पर्ने आवश्यकतामाथि उनले बल दिए।

मुख्यमन्त्रीले बिहिवार इम्फालको वाइरी पंगेईस्थित मणिपुर पुलिस फाइरिङ रेन्ज र त्यहॉं बनिरहेको अस्थायी ब्यारेकको निरीक्षण गरे। यस अवधि पत्रकारहरूसित कुराकानी गर्दै उनले भने, हालैमा असमको लाचित बरफूकन पुलिस अकादमीमा 10औं र 11औं भारतीय रिजर्भ बटालियनको निम्ति 1946 नयॉं भर्ती भएका पुलिसकर्मी ट्रेनिङमा पास भएका छन्। उनीहरूलाई विशेष रूपमा राजमार्ग सुरक्षाको निम्ति तयार गरिएको हो। राज्यको वर्तमान स्थिति र नयॉं भर्ती कर्मीहरूले देखाएको अनुशासनलाई ध्यानमा राख्दै ब्यारेकहरू निर्माण गरिएको हो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande