जनकपुरधाममा शुरू भयो सीता विवाहको उत्सव, हप्ताभरि चल्नेछ महोत्सव
जनक


काठमाण्डौं, 01 दिसम्बर (हि.स.)। जनकपुरधाममा हप्ताभऱि चल्ने सीता विवाह पंचमीको उत्सव आइतवारदेखि विधिवत शुरू भएको छ। त्रेता युगमा भगवान राम र सीताको विवाहको उपलक्ष्यमा हरेक साल विवाहपंचमी महोत्सव एक हप्तासम्म मनाइँछ।

सीताराम विवाह पंचमी महोत्सवको पहिलो दिन आज नगर दर्शन कार्यक्रम छ। दोस्रो दिन भोली सोमवार फुलबारी लीला, तेस्रो दिन मंगलवार धनुष यज्ञ, चौथो दिन बुधवार तीलोकत्सव, पाँचौं दिन 5 दिसम्बरमा मटकोर र 6 दिसम्बरमा रामसीता स्वयंवर एवं विवाह कार्यक्रम हुनेछ। महोत्सवको अन्तिम दिन 7 दिसम्बरमा रामकलेवा गरी जन्तीको रूपमा अयोध्याबाट आएका साधु सन्तलाई बिदाई दिएपछि विवाहपंचमी महोत्सवको विधिवत समापन गरिनेछ।

जानकी मन्दिरको उत्ताधिकारी महन्थ रामरोशन दास वैष्णवले भऩे, नगरदर्शनमा भगवान राम र लक्ष्मणको प्रतीकको रूपमा दुई जना नानीलाई जानकी मन्दिर परिसरमा घुमाइनेछ। त्रेता युगमा भगवान श्रीराम र जनकनन्दिनी सीताको विवाहको स्मृतिमा जनकपुरधाममा हरेक वर्ष विवाह पंचमी महोत्सव मनाउने परम्परा छ। यस उत्सवमा नेपाल र भारतका लगभग 10 लाखभन्दा धेरै श्रद्धालु जनकपुरधाम पुग्छन्। यस वर्ष अयोध्याबाट श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायको नेतृत्वमा 500 साधु सन्त जन्तीको रूपमा जनकपुरधाम आउनेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande