राष्ट्रपति बाइडेनले आफ्नो छोरा हण्टरलाई बिना शर्त माफी दिए
राष्ट्रपति बाइडेनले आफ्नो छोरा हण्टरलाई बिना शर्त माफी दिए


वाशिङ्गटन, 02 दिसम्बर (हि.स.)। व्हाइट हाउसबाट बिदाई लिनअघि अमेरिकी राष्ट्रपति बाइडेनले आफ्नो छोरा हण्टर बाइडेनलाई बिना शर्त माफी दिएका छन्। राष्ट्रपति बाइडेनले आइतवार राति हण्टरलाई बिना शर्त माफ गर्ने घोषणा गरे।

हण्टरले अवैध रूपमा बन्दूक किनेको र करको निम्ति संघीय दोषसिद्धिसहित अनेक कानुनी कारबाहीको सामना गरिरहेका थिए। द न्यूयर्क टाइम्सको खबर अनुसार, यस सम्बन्धमा व्हाइट हाउसले एक बयान जारी गरेको छ। बयानमा भनिएको छ, बाइडेनले आफ्नो छोरालाई क्षमा गर्ने निर्णय लिएका छन्।

बाइडेनले आफ्नो बयानमा हण्टरलाई 01 जनवरी, 2014 देखि 01 दिसम्बर, 2024 सम्मका अपराधहरूको निम्ति क्षमा गरिरहेको बताएका छन्। उनले हण्टर विरुद्ध आरोपहरू राजनीति प्रेरित रहेको बताएका छन्। यस कारण उनले यस्तो निर्णय लिएको स्पष्ट गरेका छन्।

बाइडेनले भने, 'आरोप तब लाग्यो जब कांग्रेसमा मेरा राजनीतिक विरोधीहरूले उनलाई ममाथि हमला गर्न र मेरो चुनाउको विरोध गर्न उक्साए। हण्टरको माध्यमद्वारा मलाई सताउने प्रयास गरियो। लगातार भइरहेको हमलाबीच हण्टर साढे पॉंच सालसम्म शान्त रहे।'

उल्लेख्य, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको दोस्रो कार्यकाल बाइडेन विरुद्ध प्रतिशोध र बद्ला लिन केन्द्रित रहने घोषणा गरेका थिए। यसमा हण्टर बाइडेन प्रमुख लक्ष्य रहनेछ।

क्षमादानको घोषणापछि हण्टरले पनि आफ्नो एक बयान जारी गरेका छन्। उनले भने, 'मैले आफ्नो लतको सबैभन्दा नराम्रो दिनमा आफ्ना गल्तीहरूलाई स्वीकार गरेको छु र त्यसको जिम्मेवारी लिएको छु।' उनले आफ्नो गल्तीका कारण उनीलगायत उनको परिवारलाई राजनीतिक खेलको निम्ति सार्वजनिक रूपमा अपमानित गरिएको बताएका छन्।

स्मरण रहोस्, हण्टरलाई डेलावेयर कोर्टमा चार दिसम्बरमा सजाय सुनाइनु थियो। अवैध रूपमा बन्दूक किनेको मामिलामा अधिकतम 25 सालसम्म जेल हुन सक्छ, तर कानुनका जानकारहरू अनुसार पहिलो आपराधिक मामिला हुनका कारण उनलाई 12 देखि 16 महिनासम्म सजाय हुन सक्थ्यो। पहिले बाइडेनले हण्टरलाई क्षमा नगर्ने बताएका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande